अनाधिकृत रूपमा मल बेच्नेलाई कारवाही
इलामको सूर्याेदय नगरपालिका –११ को एक कृषि फार्मलाई रासायनिक मल अनाधिकृत रूपमा बेचेको आरोपमा दुई लाख रुपियाँ जरिवाना गराइएको छ ।
मैसाङ डाँडालाई चिया बगान बनाइँदै
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैसाङ डाँडालाई चियाको बगानमा परिणत गर्न सुरु गरेको छ । वडा –६ छितापोखरीस्थित मैसाङ डाँडामा रहेको करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले ७ हजार चियाका बिरुवा रोपेको हो ।
पहिरो पीडितलाई राहत वितरण
नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेश सभाका सदस्य खगेनसिंह हाङ्गामद्वारा पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । असारको पहिलो साता मैवाखोला गाउँपालिकामा गएको पहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
धनकुटामा लापसे चेक जाँच सुरु
जिल्ला ट्राफिक कार्यालय धनकुटाले आजबाट लापसे सेवन चेक जाँच सुरु गरेको छ । ट्राफिक सप्ताह कार्यक्रमको अवसर पारेर लागु पदार्थ सेवन चेक जाँच गर्न सुरु गरिएको हो ।
इलाम नगरपालिकामा पूर्ण खोप सुनिश्चितता
नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम नगरपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ । सरकारले जन्मदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गर्दैआएको छ ।
हत्या गरेको आरोपमा प्रेम पक्राउ
कान्छी आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका –४, पथलैयास्थित अशोक जैसवालको घरभाडामा बस्ने भारतीय ३९ वर्षीया मिरा भगतको हत्या गरेको आरोपमा २० वर्षीया प्रेम भगतलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
खोटाङका ग्रामीण क्षेत्रका गर्भवती महिलाले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । जिल्ला सदरमुकामभन्दा टाढा रहेको खोटेहाङ गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएसँगै गर्भवती महिलाले निःशुल्क र अन्य बिरामीले सुलभ सेवा पाउने भएका हुन् ।
कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ । तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यवहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक सङ्घ–सङ्गठन विरोध गर्दै आएका थिए ।
सर्पदंश केन्द्रलाई औषधी प्रदान
त्रियुगा नगरपालिका–३ स्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डा परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केलाई त्रियुगा नगरपालिकाले शनिबार पाँच लाख रुपियाँ बराबरको विभिन्न औषधी उपलब्ध गराएको छ। चालु आर्थिक वर्षको विनियोजित बजेटबाट नगरपालिकाले सर्पदंश उपचारसँग सम्बन्धित ५४ प्रकारका औषधी निःशुल्क उपलब्ध गराएको हो। सर्पदंश उपचार केन्द्रका अध्यक्ष पवित्रा गिरीलाई औषधी हस्तान्तरण गर्दै नगर प्रमुख वसन्तकुमार बस्नेतले उपलब्ध औषधीलाई मूल पुँजीका रूपमा लिई आगामी वर्षहरूमा निरन्तरता दिन आग्रह गर्नुभयो। “यो तपाईंहरूका लागि मुल पुँजी हो, यसबाट बिरामीलाई सुपथ मूल्यमा बिक्री गरेर आम्दानी गर्नुहोस् र त्यहीबाट आगामी वर्षदेखि उपचार केन्द्र आफैँले औषधी किन्न सक्ने गरी सक्षम हुनुहोस्,” उहाँले भन्नुभयो।
खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई शनिबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
आँपले धानेको बस्ती
धनकुटा नगरपालिका वडा नम्बर ९ छिम्सुवाका किसान बद्री कार्कीलाई यो बेला आँप टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ। उहाँले करिब ३० रोपनी क्षेत्रफलमा आँप खेती गर्नु भएको छ।
विश्वासको मत प्राप्त गर्ने मुख्यमन्त्री थापाको भनाइ
कोशी प्रदेशका मुख्यमन्त्री उद्वब थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ।
कोशी प्रदेशमा चार वर्ष गठबन्धनको सरकार हुन्छ : मुख्यमन्त्री थापा
कोशी प्रदेशका नव निर्वाचित मुख्यमन्त्री उद्धव थापाले आफूले विश्वासको मत प्राप्त गर्ने र अबको चार वर्ष कोशी प्रदेशमा गठबन्धनको सरकार रहने दाबी गर्नुभएको छ।
पाथीभरा याङ्वरकको पुँजीगत खर्च साढे ५८ प्रतिशत मात्र
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको पुँजीगत बजेट करिब साढे ५८ प्रतिशत मात्र खर्च भएको छ। चालू आर्थिक वर्ष सकिनै लाग्दा शुक्रबार सम्ममा पुँजीगत तर्फको बजेटमा निक्कै कम खर्च भएको हो।
घरेलु मदिरालाई ब्राण्डिङ गर्दै मानेभञ्ज्याङ
मानेभञ्ज्याङ गाउँपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको हो ।
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
छुट्टाछुट्टै सडक दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका मोरङको लेटाङबाट कानेपोखरीतर्फ आउँदैगरेको ट्याम्पो र विपरीत दिशातर्फ जाँदैगरेको बोलेरो जङ्गल क्षेत्रमा एकापसमा ठोक्किँदा टेम्पो चालक र ट्याम्पोमा सवार बालिकाको मृत्यु भएको हो ।
गौरीगंज गाउँपालिकामा ६ सय ५० घरधुरी बाढीको उच्च जोखिममा
झापाको गौरीगंज गाउँपालिकामा ६ सय ५० घरधुरी बाढीको उच्च जोखिममा रहेको पाइएको गाउँपालिकाले तथ्याङ्क निकालेको छ । पालिका स्तरीय विपत् व्यवस्थापन समितिले यस्तो तथ्याङ्क निकालेको हो ।
शपथ खाएर गौरीगन्ज मन्दिर पुगे मुख्यमन्त्री थापा
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा मुख्यमन्त्री नियुक्त भएकै दिन शुक्रवार बेलुका झापाको गौरीगन्जस्थित पुरानो वैजेश्वरनाथ कोटेश्वर शिवालय मन्दिर (धाम) मा पुग्नु भएको छ । पूर्वी नेपालकै सबैभन्दा पुरानो मठमन्दिरहरू मध्येमा पर्ने यो मन्दिरमा पुगेर उहाँले पूजा गर्नुभएको छ ।
फिदिम बजारमा सडक बत्ती जडान
सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएपछि पाँचथर सदरमुकाम फिदिमको रात्रिकालीन मुहार फेरिएको छ। सदरमुकामको मुख्य सडकमा नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा फिदिम नगरपालिकाले सडक बत्ती जडान गरेको हो।
दुई लाख रुपियाँ घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपियाँ घुस लिएको आरोपमा मोरङबाट एकजना लेखा अधिकृतलाई पक्राउ गरेको छ ।
विद्यार्थीलाई परम्परागत धिमाल महिलाको गहना प्रदान
झापाको दमक नगरपालिकाले नगरको प्रथम नागरिकको रुपमा मान्यता दिएको धिमाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोषाक वितरण गरेको छ । स्थानीय धिमाल महिलाको समुहलाई लक्षितगरी लोप हुँदैगएका परम्परागत चाँदीका गरगहना विद्यार्थीलाई प्रदान गरेको हो ।
खोलाको बगरदेखि घरको छतसम्म ड्रागन खेती
धनकुटा नगरपालिका –७ त्रिवेणीचौकका बिमला सन्तोषी राईले आफ्नो घरको छतभरी ड्रागन फल रोप्नुभएको छ । उहाँले छतमै करिब ३५० बोट ड्रागन फल लगाउनुभएको हो ।
रेड पाण्डाको गणना गर्नुपर्नेमा जोड
विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा रहेको रेड पाण्डा (रातो हाब्रे) को गणना गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् ।