• ४ जेठ २०८१, शुक्रबार

रुखबाट लडेर एक जनाको मृत्यु

blog

सांकेतिक तस्बिर

राधा लुइटेल 

फिदिम, वैशाख १८ गते। पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ का खड्गबहादुर चेम्जोङको रुखबाट लडेर मृत्यु भएको छ। 

फाल्गुनन्द ५ जिङ्जुवाको जङ्गलमा घाँस काट्न जानुभएका चेम्जोङको रुखदेखि लड्दा ज्यान गएको हो।

सोमबार अपरान्ह घाँस काट्न जानुभएका ५० वर्षीय चेम्जोङ घर नफर्केपछि खोजी गर्दा लडेर मरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

चेम्जोङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिनुभयो।