कोशीटप्पुमा चराको सङ्ख्या घट्यो
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो ।
बालिकाको हत्या
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं.७ लामाटोलमा सोमबार राति १० बजेतिर अज्ञात समूहले एक बालिकाको हत्या गरेको छ । खोटाङ जिल्लाको ऐंसेलुखर्क –६ ,ज्यामिरे स्थायी घर भई पथरीशनिश्चरे –७ लामाटोलमा फुपूको छोराको घरमा बस्दै आउनु भएकी ज्ञानुमति राईको हत्या भएको हो ।
आयोजक यूथलाई उपाधि
आयोजक यूथ फुटबल क्लबले छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
ताप्लेजुङमा कबड्डी संघ गठन
ताप्लेजुङमा पहिलो पटक कबड्डी सङ्घ गठन भएको छ। सदरमुकाम फुङ्लिङमा सम्पन्न प्रथम भेलाले मदनकुमार सेन्दाङ अध्यक्ष रहेको ताप्लेजुङ जिल्ला कबड्डी सङ्घ गठन गरेको हो।
सामुदायिक वनमा पक्की संरचना विकास नगर्न निर्देशन
झापामा सामुदायिक वन परिसरभित्र पर्यटक आकर्षण गर्न धमाधम रूपमा भौतिक संरचनाहरू बनाउने प्रतिस्पर्धा भइरहेको छ । यस विषयमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले यस्तो कार्य रोक लगाउन निर्देशन दिनुभएको छ ।
धरान एक्स्पोमा कृषिदेखि विदेशी औद्योगिकसम्मको व्यापार
स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले धरान एक्स्पोमा कृषि, स्वदेशी तथा विदेशी औद्योगिक व्यापार प्रदर्शनमा राखेको छ ।
विद्यार्थीको दन्त परीक्षण तथा उपचार
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा विद्यार्थीहरूको दन्त (दाँत) परीक्षण तथा उपचार गरिएको छ । मेरिङ्देन गाउँपालिकाले आइतबार वडा ६ नाल्बुमा रहेका विद्यार्थीको दन्त परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो ।
भ्रष्टाचार न्यूनीकरणका लागि नागरिकको सहयोग आवश्यक
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जामगरले भ्रष्टाचार न्यूनीकरणका लागि नागरिकको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
रामधुनीमा चिल्ड्रेन पार्क निर्माण
पूर्व कृषि तथा पशुपंछी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक कार्यक्रमका बिच पार्कको शिलान्यास गर्नुभएको हो ।
हिलिहाङ पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका
पाँचथरको हिलिहाङ गाउँपालिका कोशी प्रदेशकै दोस्रो पूर्ण खोप सुनिश्चित गाउँ बनेको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य सङ्घटनले तोकेका सबै खोपको मात्रा पुरा गर्दै यो गाउँपालिका घोषणा गरिएको हो ।
डा. रुइतलाई अभिनन्दन
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ताप्लेजुङमा अभिनन्दन गरिएको छ । आँखा शिविर सञ्चालनका व्रmममा गृह जिल्ला आउनुभएका डा. रुइतलाई नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखाले नागरिक अभिनन्दन गरेको हो । आँखाको हेरचाह तथा उपचार र मानवीय सेवामा विशेष योगदान पु-याएकोमा सम्मान
चुलाचुलीलाई बस्न योग्य बनाउँछौँ
इलामको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गाविस मिलाएर बनाइएको छ । जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कुल
उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री
विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताउनुभयो ।
हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा
हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।
अम्रिसोको मूल्य घटेपछि इलामका किसान समस्यामा
अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् ।
विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना : एकको मृत्यु, १५ घाइते
धनकुटाको चुङमाङ्गमा आफन्तको विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् ।
उपनिर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय
आगामी वैशाख १५ गतेलाई उपनिर्वाचन तोकिएपछि इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ ।
पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, ७ घाइते
धनकुटाको चुङमाङ्गमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।
सहकारी केन्द्र ताप्लेजुङको अध्यक्षमा गङ्गाराम शङ्खर चयन
सहकारी केन्द्र नेपाल ताप्लेजुङको अध्यक्षमा गङ्गाराम शङ्खर चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न सहकारीको प्रथम जिल्ला भेलामार्फत अध्यक्षमा शङ्खर सर्वसम्मत चयन हुनुभएको हो ।
सशस्त्र प्रहरी र स्थानीयबिच भएको झडपको निष्पक्ष छानबिन गर्न माग
झापाको मेचिनगरस्थित भान्सा खोलामा सशस्त्र प्रहरी र स्थानीयबिच भएको झडपलाई गम्भीरताका साथ लिएर निष्पक्ष अनुसन्धान गर्न नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले माग गर्नुभएको छ ।
प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम
सुनसरीको इनरुवामा सुरक्षामा खटिदैआएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरिएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको आयोजनमा उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको हो ।
दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने
पाख्रिबास नगरपालिकामा दादुरा रूबेला रोगविरूद्धको खोप अभियान सञ्चालन गरी खोप लगाइने भएको छ । जिल्लाको पाख्रीवास नगरपालिकामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म उक्त खोप लगाइने भएको हो ।
होटलमा लागूऔषध कारोबार गर्ने पक्राउ
झापाको कमल गाउँपालिकामा होटलभित्र होटल नै होटल सञ्चालकले लागूऔषधको कारोबार गर्ने गरेको पाइएको छ ।
सौन्दर्यकरण गरिँदै चक्रघट्टी बसपार्क
नगरपालिकाले वडा नम्बर ६ मा रहेको चक्रघट्टी बजारको बसपार्क क्षेत्रमा सौन्दर्यकरणको काम सुरु गरेको हो ।