• २० असोज २०८१, आइतबार

इलाममा २४ हजार ७३८ मतगणना

blog

प्रेम अधिकारी
इलाम, वैशाख १७ गते । 
इलाममा सोमबार बिहान १० बजेसम्म २४ हजार ७३८ मतगणना भएको छ । प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले १० हजार तीन मत प्राप्त गर्नुभएको छ ।

उहाँले आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई तीन हजार ५९ मतले पछि पार्नुभएको हो । 

कांग्रेसका खड्काले ६ हजार ९४४ मत प्राप्त गर्नुभएको छ । यसैगरी, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पाँच हजार ५९१ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बूले एक ४४३ मत प्राप्त गर्नुभएको छ ।

इलामको फाकफोकथुमको ६ वडा, चुलाचुलीको ६ वडा र माङ्सेबुङको ३ वडा गरी १५ वडाको मतगणना भइसकेको छ भने माङ्सेबुङ ४, ५ र ६ को मतगणना भइरहेको छ ।