• २० असोज २०८१, आइतबार

घरमा आगलागी हुँदा ७० लाखकाे क्षति

blog

फिदिम १० याङनामका लक्ष्मीप्रसाद जवेगूको घरमा आगलागी । तस्बिर : जिल्ला प्रहरी कार्यालय पाँचथर ।

राधा लुइँटेल 

फिदिम, वैशाख १७ गते । फिदिम नगरपालिका १० मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय लक्ष्मीप्रसाद जवेगूको घर जल्दा ७० लाख रुपियाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिनुभयो ।

याङनामस्थित थाङनापा टोलका लक्ष्मी प्रसाद जवेगुको आज बिहान आगलागी भएको घरमा बिहान पूजा गर्ने क्रममा बालिएको दियो आगो सल्किँदा घर जलेको वडाध्यक्ष होमराज थाम्सुहाङले बताउनुभयो । 

आगलागीमा जवेगूको ढुङ्गा माटोले बनेको दुइतले घर पूर्णरुपमा नष्ट हुनका साथै ७० लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।