• ३ जेठ २०८१, बिहिबार

इलाममा सकियो ४५ हजार बढी मतगणना

blog

कोकिला ढकाल

इलाम, वैशाख १७  गते । आइतबार दिउँसोदेखि सुरु भएको इलाम –२ को मतगणनामा अहिलेसम्म ४५ हजार ९५३ मत गणना सम्पन्न भएको छ । 

अहिले सम्ममा फाकफोथुम, मांङ्सेबुङ, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने देउमाईको नौं नम्बर वडाको मत गणना जारी छ । 

इलाम नगरपालिकाको पनि वडा १ र २ को मतगणना सुरु गरिएको छ । इलाम नगरपालिकामा ११ वटा वडा इलाम –२ मा पर्छन् । सकेसम्म भोलि विहानसम्ममा गणना सम्पन्न गर्ने लक्ष्य राखिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।  इलाम नगरपालिकामा २० हजार ६५ मत खसेको उहाँले बताउनुभयो । इलाम –२ मा कुल ६९ हजार २८७ मत खसेको थियो ।