• २ जेठ २०८१, बुधबार

एमालेका सुहाङलाई २८ सय ५३ मतको अग्रता

blog

कोकिला ढकाल
इलाम, वैशाख १७  गते ।
इलाम–२मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले २८ सय ५३ अग्रता कायम राख्नुभएको छ । नेम्वाङले अहिलेसम्म नौ हजार ४८४मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको छ हजार छ सय ३१ मत आएको छ । स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले चार हजार ९५१ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बूले एक हजार ४०१ मत प्राप्त गर्नुभएको छ । यो मत परिणाम फाकफोकथुम, चुलाचुली गाउँपालिका र माङ्सेबुङ १ र २ काे मतपरिणाम हो ।

माङ्सेबुङ –२ रास्वपाका उम्मेद्वार मिलनकुमार योङहाङ लिम्बूको आफ्नो वडा हो । यहाँ लिम्बूलाई ९६ मत मात्र प्राप्त भएको छ । अहिलेसम्म २३ हजार २०५ मतगणना भएको छ ।