• ५ जेठ २०८१, शनिबार

इलाममा एमालेलाई १८ हजार १९६ मत : कांग्रेस पाँच हजार ८५७ मतले पछाडि

blog

सुहाङ नेम्वाङ ।

कोकिला ढकाल 

इलाम, वैशाख १७ गते । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर पाँच हजार ८५७ पुगेको छ । पछिल्लो परिणाम अनुसार उहाँले १८ हजार १९६ मत पाउनुभएको छ । 

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ३३९ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ३३६ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले ३ हजार ६७ मत ल्याउनुभएको छ। शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।