• ३ जेठ २०८१, बिहिबार

इलाममा सुहाङ तीन हजार ५९ मतले अगाडि

blog

कोकिला ढकाल

इलाम, वैशाख १७  गते । प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचन मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले मतान्तर बढाउँदै अघि बढ्नुभएको छ । 

नेम्वाङको मतान्तर ३ हजार ५९ पुगेको छ । नेम्वाङलाई १० हजार ३ मत प्राप्त हुँदा  नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ६ हजार ९४४ मत आएको छ । स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले पाँच हजार ५९१ मत प्राप्त गर्नुभएको छ । रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले एक हजार १४३ मत प्राप्त गर्नुभएको छ ।

यो मत परिणाम फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ वडा १, २, ३ को भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।