• २ जेठ २०८१, बुधबार

इलाममा तीन स्थानमा मतगणनाको तयारी

blog

इलाममा जारी मतगणना । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल
इलाम, वैशाख १७ गते ।
आइतबारदेखि जारी इलाम– २ को मतगणना कार्यलाई चाँडो सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीन स्थानमा मतगणनाको तयारी गरेको छ ।

सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ । अहिले माङ्सेबुङको गणना जारी छ । अझै तीन पालिकाको मतगणना बाँकी छ ।

तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनु भयो ।

अहिलेसम्म २१ हजार ८१० मतगणना भइसकेको छ । यसपटक ६९ हजार २७० मत खसेको थियो । अझै ४७ हजार ४६० मत भने गणना गर्न बाँकी छ । यो मतगणनाको नतिजा मङ्गलबार बिहानसम्म आउने अनुमान गरिएको छ ।

सोमबार बिहानसम्म नेकपा (एमाले)का उम्मेदवार सुहान नेम्वाङले आठ हजार ८९८ मत प्राप्त गर्नुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई दुई हजार ६१८ मतले पछि पार्नुभएको हो ।

कांग्रेसका खड्काले ६ हजार २८० मत प्राप्त गर्नुभएको छ । यसैगरी, स्वतन्त्र उम्मेदवरा डकेन्द्रसिंह थेगिमले चार हजार ६३४ मत र राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बूले एक हजार ३०५ मत प्राप्त गर्नुभएको छ ।