• ८ जेठ २०८१, मङ्गलबार

विजयाेत्सव मनाउन अध्यक्ष ओली इलाम आउनुहुँदै

blog

कोकिला ढकाल

इलाम, वैशाख १८ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम आउँदै हुनुहुन्छ । इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय उत्सव मनाउन अध्यक्ष ओली इलाम पुग्ने कार्यक्रम छ ।

एमाले जिल्ला उपसचिव रविन्द्र सुवेदीका अनुसार आज दिउँसो एक बजे इलाम चोक बजारमा आयोजित विजय सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको  छ । "अहिले गोदक आइपुग्नुभएको जानकारी आएको छ," सुवेदीले भन्नुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो एक बजे नै विजयी उम्मेद्वार सुहाङ नेम्वाङलाई प्रमाणपत्र दिने कार्यक्रम तय भएको जनाइएको छ । विजयाेत्सव मनाउन अहिले इलाममा एमालेका नेता कार्यकर्ता भेला हुने क्रम जारी छ ।