• २० असोज २०८१, आइतबार

अग्निपीडित परिवारलाई नगद हस्तान्तरण

blog

भोजपुर,  वैशाख १८ गते ।  भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित रु दुई लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो । 

गत चैत ३ गते भोजपुर नगरपालिका–१२ टक्सारका पाँच परिवार र वैशाख ११ गते सोही नगरपालिका–८ पोखरेका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले  पीडितलाई प्रतिपरिवार रु २८ हजार तीन सय ७१ का दरले राहत हस्तान्तरण गर्नुभएको हो । हङ्कङ–भोजपुर सेवा समाजका अध्यक्ष इन्द्रराज श्रेष्ठको पहलमा रकम सङ्कलन गरिएको हो । गर्न आवश्यक छ ।”

बन्दीलाई सोलार सेट वितरण 

जिल्ला कारागारका बन्दीलाई रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ । गाउँपालिकाले रु ७० हजार बराबरको ‘सोलार सेट’ वितरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । कारागारमा चार महिला, एक बालक र एक सय तीन पुरुष गरी एक सय आठजना बन्दी छन् । रासस