• १२ मंसिर २०८१, बुधबार

महालक्ष्मी नगरपालिकामा बाँसका सामग्री बनाउने तालिम

blog

बाँसबाट बनाइएको कुर्सी । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी
धनकुटा, वैशाख १८ गते ।
स्थानीय स्तरमा उपलब्ध खेर गइरहेको बाँसबाट धनकुटाको महालक्ष्मी नगरपालिका–२ ले विभिन्न सामग्री बनाउने तालिम सम्पन्न गरेको छ ।

घरेलु कार्यालय धनकुटाले वडा कार्यालयसँगको समन्वयमा तालिम सञ्चानलन गरेको हो । उक्त तालिममा दुई महिला र आठ पुरुष गरी १० जना सहभागी भएका थिए ।

उनीहरुलाई मुढा, बाँसको कुर्सी, र्‍याक, उपहारलगायतका विभिन्न सामग्री बनाउन सिकाएको घरेलु कार्यालय धनकुटाका कम्प्युटर अपरेटर अर्जुन गिरीले जानकारी दिनुभयो । आर्थिक उपार्जनमा सहयोग पुग्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको उहाँको भनाइ छ ।