सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको शव एक महिनापछि भेटियो
सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ। बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो।
पहिरोको जोखिममा रहेको ताप्लेजुङ मैवाखोलाको बस्ती स्थानान्तरण हुने
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोको जोखिममा रहेको ओदक बस्तीलाई स्थानान्तरण गरिने भएको छ। मैवाखोला गाउँपालिका–४ साँघुको ओदक बस्तीका ६४ घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने भएको हो।
ताप्लेजुङमा लाखेनाच सुरु
नेवार समुदायको जातीय संस्था नेपाल भाषा तथा सांस्कृतिक समाजले शनिबार भिन्तुना डाँडामा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरेर विधिवत रुपमा लाखे नाच सुरु गरिएको छ ।
झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता
झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ ।
बिक्री गर्न ल्याइएको १४ सय किलोग्राम कुहिएको माछा नष्ट
झापामा बिक्री गर्नका लागि ल्याइएका सडे गलेका माछाहरू नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको छ ।
झापामा डुबेर बालक र वृद्धको ज्यान गयो
झापामा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र अर्का वृद्ध रहनुभएको छ ।
गठबन्धन गर्न आउने पार्टी कमजोर पार्टी हो : काँग्रेस महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस सबै भन्दा ठुलो पार्टी भएको बताउनुहुँदै कसैसँग गठबन्धन गरिरहन आवश्यक नहुने बताउनुभयो ।
पशुपतिनगर–मानेभन्ज्याङ सडक ढलान
नेपाल–भारत सीमावर्ती पशुपतिनगर–मानेभन्ज्याङ सडकको निर्माण सम्पन्न भएको छ। सूर्योदय नगरपालिका–२ को पशुपतिनगर बजारदेखि वडा नं. १ को नेपाल–भारत सीमानजिक रहेको मानेभन्ज्याङ बजारसम्मको सडक ढलान सम्पन्न भएको हो।
कृषि बैङ्कद्वारा पहिरो पीडितलाई सहयोग
कृषि विकास बैङ्क ताप्लेजुङ शाखाले पहिरो पीडित परिवारलाई राहतस्वरुप एक लाख रुपियाँ रकम उपलब्ध गराएको छ। जिल्लाको सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि उक्त सहयोग रकम उपलब्ध गराएको हो।
सप्तकोशीले बगाएर ल्याएको दाउरा निकाल्दै स्थानीय
सप्तकोशी नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै सुनसरीको कोशी गाउँपालिकाका स्थानीयवासी ।
आवश्यकताको आधारमा मात्र योजना छनोट गर्न खेलकुद मन्त्रीको आग्रह
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले प्राथमिकता, आवश्यकता र औचित्यका आधारमा मात्र योजना छनौट गर्न आग्रह गर्नुभएको छ।
कमल खोलाको बाढीले सीमास्तम्भ बगायो
झापाको गौरीगन्ज गाउँपालिकामा कमल खोलामा आएको बाढीले नेपाल भारत सीमा क्षेत्रमा रहेको एउटा पिलर अर्थात् सीमा स्तम्भ बगाएको छ। शुक्रबार आएको बाढीले उक्त पिलर बगाएको प्रहरीले जनाएको हो।
झापामा चैते धानको उत्पादन घट्यो
झापामा चैते धानको उत्पादन र उत्पादकत्व घटेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यन्वयन ईकाइ झापामार्फत चैते धान विस्तार कार्यक्रम सञ्चालित रहेको छ ।
वर्षाले विस्थापित परिवार घर फर्किए
एकसाता अघिदेखि सुरु भएको अविरल वर्षाका कारण विस्थापित बनेका झापाको बाह्रदशी गाँउपालिका वडा नम्बर २ स्थित सुकुम्बासी बस्तीका ४५ घर परिवार पुन घरमा फर्किएका छन्।
सुन्तला पकेट क्षेत्रमा दुई लाख बढी रकम अनियमितता
खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा सञ्चालित सुन्तला पकेट क्षेत्रमा अनियमितता भएको पाइएको छ । पकेट क्षेत्रको सुन्तलाको बिरुवा खरिदमा अनियमितता भएको पाइएको हो ।
सीमावर्ती पशुपतिनगर–मानेभञ्ज्याङ सडक निर्माण
इलामको नेपाल–भारत सीमावर्ती पशुपतिनगर–मानेभञ्ज्याङ जोड्ने सडकको निर्माण सम्पन्न भएको छ ।
संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।
प्रहरी चौकीलगायत दर्जन बस्ती डुबानमा
केही दिनदेखि परेको वर्षाका कारण सुनसरी र मोरङ जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। बाढीका कारण मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि तीन परिवार विस्थापित भएका छन्। अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो। सिङ्घिया खोलामा आएको बाढीले घरटहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएका परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ।
बालविवाह गरेका पचासी प्रतिशत पछुताउँदै
उमेर नपुगी विवाह गरेका अधिकांश व्यक्ति अहिले शारीरिक र मानसिक पीडामा रहेका पाइएको छ। महिला सशक्तीकरण स्रोत केन्द्र र युवा महिला सञ्जाल उदयपुरले यस जिल्लाका आठ वटा स्थानीय तहमा उमेर नपुगी भएकोे विवाहपछिको जीवन भोगाइमा आधारित रहेर गरेको खोजमूलक अध्ययनमा यस्तो तथ्य फेला परेको हो।
तेह्रथुममा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, चार घाइते
तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो।
सिस्नोको ब्रान्डिङ गर्दै रोङ गाउँपालिका
स्थानीय खोलाखोल्सामा पाईने सिस्नो बजारमा पुर्याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले सिस्नोको ब्राण्डिङ गर्न सुरु गरेको हो ।
आठराई त्रिवेणीमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सुरु गरिएको छ। सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वास्थ्यकर बनाउनमा सहयोग पुर्याउने उद्देश्यसहित गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो।
ताप्लेजुङमा ग्यास र पेट्रोलियम पदार्थको अभाव
बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो ।
कोशी ब्यारेजमा ट्रक खस्यो
ब्यारेको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नंको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो ।