• ७ जेठ २०८१, सोमबार

बाँसको पुल विस्थापित गर्दै झोलुङ्गे पुल

blog

इनरुवा नगरपालिका वडा नम्बर ७ मा रहेको थलाहा खोलाको बाँसको पुल । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, वैशाख २७ गते ।
सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा रहेको थलाहा खोला तर्नका लागि बाँसको पुलमा जोखिम यात्रा गर्नेहरुको मागलाई सम्बोधन गर्न झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।

इनरुवा नगरप्रमुख केदार भण्डारीले कैयौं वर्षदेखि थलाहा खोला वारपार गर्न स्थानीयहरुले बाँसको पुलमा जोखिम यात्रा गर्ने गरेका कारण झोलुङ्गे पुल निर्माण गर्न लागिएको बताउनुभयो ।

नगरप्रमुख भएर आएपछि इनरुवा ७ का स्थानीयहरुको पीडालाई ध्यानमा राखेर थलाहा खोलामा झोलुङ्गे पुल बनाउने वाचा गरेको बताउनुभयो । उहाँले पुल केही महिनाभित्रै पूरा गर्ने जानकारी दिनुभयो ।