हिउँले सेताम्य जुफाल विमानस्थल
ठुली भेरी नगरपालिकाको प्रशासकीय केन्द्र जुफाल डोल्पास्थित हिउँले सेताम्मे जुफाल विमानस्थल ।
सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइए जफत गरी पसल बन्द गरिने
काठमाडौँ महानगरपालिकाले भोलि बिहिबारदेखि सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने घोषणा गरेको छ ।
तारा थलापरेपछि परिवारको बिचल्ली
घोडाघोडी नगरपालिका वडा नम्बर १ हिम्मतपुर मुक्त कमैया शिविरका ३३ वर्षीय अपाङ्ग छविलाल चौधरीको श्रीमतीलाई एकाएक सिकलसेल एनिमिया बिरामले च्यापेपछि परिवारको बिचल्ली भएको छ ।
धादिङ अस्पताललाई एक सय शय्याको बनाइने: मुख्यमन्त्री जमकट्टेल
धादिङ अस्पताल एक सय शय्याको बनाइने बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलले बताउनुभएको छ ।
चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो
पर्सामा चिसो बढ्ेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् ।
अपाङ्गता भएकाहरुकाे लागि निःशुल्क स्वास्थ्य शिविर
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य मन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको बर्थिङ युनिटको उद्घाटन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको प्रसूति विभाग अन्तर्गत निर्माण गरिएको वर्थिङ युनिटको उद्घाटन गर्नुभएको छ ।
पाँच हजार किशोरीको रक्तअल्पता जाँच
पाल्पाका सामुदायिक विद्यालयमा अध्ययनरत पाँच हजार किशोरीको रक्तअल्पना जाँच गरिएको छ । जिल्लाका दश वटै पालिकाभित्रका ४० वटा सामुदायिक विद्यालयहरूमा अध्ययनरत झण्डै पाँच हजार किशोरीहरूको रक्तअल्पता परीक्षण गरिएको हो ।
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत
स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले अभियन्ता गोविन्द केसीको अनशनले चिकित्सा ऐन संशोधन नरोकिने बताउनुभएको छ ।
मौसम परिवर्तनले निमोनियाकाे सम्भावना बढी हुन्छ: डा. लामिछाने
नेपालमा बालबालिकामा सबैभन्दा बढी हुने स्वास्थ्य समस्या निमोनिया हो । निमोनिया सबै उमेर समूहका मानिलाई हुने चिकित्सक बताउँछन् । बाल रोग विशेषज्ञ डा.मिरा लामिछानेका अनुसार नवजात शिशु, पाँच वर्षका बालबालिका, वृद्धवृद्धा, रोगप्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई निमोनियाले बढी दु:ख दिन्छ ।
बेलायतका लागि पैँतालिस नर्स छनोट
बेलायतका विभिन्न स्वास्थ्य क्षेत्रमा रोजगारीमा जान ४५ नर्स अन्तिम छनोटमा परेका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ नर्स अन्तर्वार्ताबाट छनोट भएको वैदेशिक रोजगार विभागले जनाएको हो । विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० नर्स मात्रै सहभागी भएका थिए । अन्तर्वार्तामा छनोट भएका नर्सलाई बेलायतको कामबारे जानकारी दिइने र एक/डेढ महिनाभित्र बेलायत पठाइने विभागले जनाएको छ । छनोट भएका आवेदकलाई मङ्सिर १८ देखि २१ गते (डिसेम्बर ४ देखि ७) सम्म अन्तर्वार्ताका लागि लैनचौरस्थित बेलायती दूतावासमा बोलाइएको थियो ।
वीर अस्पतालमा ब्रेन ट्युमर विशेष क्लिनिक हप्तामा दुई दिन
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा न्युरो सर्जरी विभाग अन्तर्गत राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत ब्रेन ट्युमर विशेष क्लिनिक सेवा हप्तामा दुई दिन सुरु भएको छ।
प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पताल भर्ना हुनुभएको छ । प्रमुख शर्मालाई शनिबार बिहानदेखि ज्वरो आएपछि अस्पताल भर्ना हुनुभएको हो ।
सिन्धुलीका स्थानीय तहमा आधारभूत अस्पताल बन्दै
सिन्धुलीमा नौ वटै स्थानीय तहले १५ शय्याको आधारभूत अस्पताल बनाउन सुरु गरेका छन् । नागरिकलाई स्थानीय स्तरमा नै आधारभूत स्वास्थ्य सेवाको सुविधा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गरेको स्थानीय तहले जनाएको छ ।
नागरिकलाई टोलमै पुगेर सेवा
दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी जिल्लाका पालिकाहरूले एकीकृत घुम्ती शिविर सञ्चालन गरेका छन् । जिल्लाको रैनदेवी छहरा, निस्दी र रिव्दीकोट गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रवाह गरेका हुन् ।
अस्पतालमा जनशक्ति तथा भौतिक पूर्वाधारको अभाव
तनहुँको सदरमुकामको दमौली अस्पतालमा जनशक्तिसँगै भौतिक पूर्वाधारको समेत अभाव छ । अस्पतालमा दरबन्दी अनुसार विषय विशेषज्ञ चिकित्सकको अभाव हुँदा यस क्षेत्रका बिरामी उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
निःशुल्क आँखा शिविरमा चारहजार बढीले सेवा लिए
चार दिनसम्म सञ्चालन गरिएको शिविरमा चेकजाँच गराएकामध्ये ९०९ जना मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको राजकीय थाई विहारले जनाएको छ ।
एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य
सरकारले यस आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
६९ जनाले लिए स्थायी बन्ध्याकरण सेवा
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ६९ जना नागरिकले सेवा लिएका छन् ।
बिहान आठ बजेदेखि बहिरङ्ग सेवा
कैलालीको टीकापुर अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा बिहान ८ बजेदेखि सञ्चालन गरेको छ । यसअघि बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुँदै आएको बहिरङ्ग सेवा बिहीबारदेखि बिहान ८ देखि ४ बजेसम्म सञ्चालन हुन थालेको छ ।
जिल्लामै आँखाको शल्यक्रिया
प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठानाकी ८७ वर्षीया डोरा गिरीको एउटा आँखामा मोतीबिन्दु थियो । जिल्लामै शल्यक्रिया सहितको शिविर हुने थाहा पाएपछि उहाँका छोरा रमेश गिरीले आमालाई उपचारका लागि प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल, आँखा उपचार केन्द्र विजुवारमा पुर्याउनुभयो । उहाँको जिल्लामै नि:शुल्क शल्यक्रिया भयो ।
स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढ्दै
पछिल्लो समय सुदूरपश्चिममा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बिमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बिमा गराउने सङ्ख्या बढ्दै गएको हो ।
क्यान्सर विरुद्धको लडाइँमा सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर विरुद्धको लडाइँमा सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिनु पर्ने बताउनुभएको छ।