ज्येष्ठ नागरिकको घरमै उपचार: गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर
गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा हुनुभयो । उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उहाँमा अन्य स्वास्थ्य समस्या थिएन ।
सहिद, बेपत्ता पारिएका र घाइते परिवारको स्वास्थ्य बिमा गरिँदै
टीकापुर नगरपालिकाले सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बिमा गरिदिने गरेको छ । पालिकाले गत वर्ष ४६ परिवारको बिमा गरिदिएको थियो ।
भक्तपुर अस्पतालको सेवा विस्तार
भक्तपुर अस्पताल चाँडै तीन सय शय्यामा विस्तार हुने भएको छ । चन्द्र शमशेरको पालामा १९६१ असार १७ गते ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट सञ्चालित उक्त अस्पताललाई केन्द्रीय अस्पतालका रूपमा विस्तार गर्न लागिएको हो ।
नर्स कार्यक्रमको योजना तर्जुमा सम्पन्न
नेपालगन्जमा लुम्बिनी प्रदेशका तीन जिल्लाका विद्यालय नर्स कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा सम्पन्न भएको छ ।
सेवाग्राहीको चाप बढेपछि नाम दर्ता अनलाइनबाटै
कर्णाली प्रदेश अस्पताल सुर्खेतले सेवालाई सुधार गर्ने क्रममा अनलाइनबाट काम सुरु गरेको छ । सेवाग्राहीको चाप बढेपछि नाम दर्ता अनलाइन सेवा अनुसार कुनै पनि बिरामी वा सेवाग्राहीले नाम दर्ताका लागि बिहानै ९ बजे नै अस्पताल पुग्न नपर्ने अस्पतालकलका निर्देशक प्रा.डा.डाक्टर डम्बर खड्काले बताउनुभयो ।
शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन प्रक्रिया सुरु
कोशी प्रदेश सरकारले विराटनगरमा शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
मौसमी फ्लुलाई हेलचेक्राइँ नगर्न चिकित्सकको सुझाव
जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछन् । जाडोमा श्वासप्रश्वाससम्बन्धी र भाइरल जन्य समस्याले निकै दुःख दिने सरुवारोग विशेषज्ञ बताउँछन् ।
भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि
भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।
‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनु पर्दैन’
सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ ।
फोहोर व्यवस्थापनका लागि सचेतना अभियान
नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको छ । नगरवासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाउन सो अभियान चलाएको जनाएको छ ।
न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल उत्कृष्ट
बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । सो अस्पतालले ९६ अङ्क प्राप्त गरी प्रदेशमै पहिलो र मुलुकभरमा दोस्रो भएको हो ।
एक वर्षमा थपिए १३ जना नयाँ एचआइभी सङ्क्रमित
जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । साथै जिल्लामा एक वर्षमा पाँच सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा हाल नयाँ र पुराना गरी एक सय २० एचआइभी सङ्क्रमित रहेको तिवारीले जानकारी दिनुभयो ।
सिकलसेलका बिरामी खोज्न 'स्क्रिनिङ'
थारु समुदायको बाहुल्यता रहेको बाँकेको राप्ती-सोनारी गाउँपालिकाले सिकलसेल एनिमिया र थालेसेमिया रोगका पहिचानका लागि जारी अभियानलाई थप प्रभावकारी बनाउने भएको छ ।
गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवा सञ्चालनको तयारी
गुल्मी अस्पताल तम्घासमा हेमोडायलाइसिस सेवा सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला अस्पताल गुल्मीमा अहिलेसम्म यो सेवा थिएन । सेवा लिन सेवाग्राहीहरू बाहिर जानुपर्ने अवस्था थियो । अब जिल्ला अस्पतालमा यो सेवा सञ्चालनमा आउन लागेको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा।किशोर बन्जाडेले बताउनुभयो ।
ज्यामिरेमा बर्थिङ सेन्टर सञ्चालन
हेटौँडा उपमहानगरपालिका–१९ मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
रिफर भएका बिरामीलाई फलोअपका लागि पुनः रिफर पुर्जी लिन नपर्ने
एक पटक रिफर भई आएका बिमित बिरामीहरूलाई सोही रोगको फलो अपका लागि पुन रिफर पुर्जी लिन नपर्ने भएको छ ।
दादुरा रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने
जाजरकोट र रुकुम पश्चिम जिल्लामा दादुरा रुबेला र टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
चिकित्सा शिक्षा ऐन संशोधनपछि युवाको विदेश पलायन रोकिन्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेपछि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बन्ने र युवाहरुको विदेश पलायन रोक्न सकिने बताउनुभएको छ ।
गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासी दङ्ग
वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट पनि उनीहरू मुक्त भएका छन् ।
जाडोमा छालाको सुरक्षा
जाडो मौसममा छालामा धेरै समस्या आउने गर्छ । जाडो सुरु भएसँगै छाला सुक्खा हुने रातो हुने, फुट्ने, खस्रो हुनेलगायत छालासम्बन्धी समस्या देखिन थाल्छ । जसको समाधान विभिन्न उपायबाट गर्न सकिने छालारोग विशेषज्ञको धारणा छ । जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । सौन्दर्यविद् सुषमा महराले भन्नुभयो, यो समयमा बाहिरी वातारण सुक्खा हुनाले छालामा सोझै असर गर्छ । अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो–धुवाँले छालालाई थप नोक्सान पुर्याउँछ । उहाँका अनुसार विशेष गरी छाला संवेनदशील भएकालाई यस्तो समस्याले मानिसलाई सताउँछ । जाडोमा यस्ता छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ ।
डा. केसीद्वारा अनसन अन्त्य
स्वास्थ्य, शिक्षा क्षेत्रको समग्र सुधार र सबैको समान पहुँचको मागसहित धनगढीमा सत्याग्रह थाल्नु भएका डा. गोविन्द केसीले आज अनसन तोड्नु भएको छ ।
‘अब केयुका बीडीएस टपरले गोल्ड मेडल पाउने’
काठमाडौँ विश्वविद्यालयले आगामी दीक्षान्त समारोहमा व्याचलर इन डेन्टल सर्जरी (बीडीएस) मा सर्वोत्कृष्ट एक जना विद्यार्थीलाई पनि स्वर्ण पदक दिने भएको छ ।
ललितपुर महानगरपालिकामा स्वास्थ्य बिमा सुरु
ललितपुर महानगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बिमा सुरु भएको हो ।
स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने
स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो ।