‘हानि, नोक्सानी कोष वितरणको प्रक्रिया सहज हुनुपर्छ’
जलवायु परिवर्तनका जानकारहरुले संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८) का क्रममा स्थापना भएको हानि, नोक्सानी कोष सकारात्मक भएको उल्लेख गर्दै यसको वितरणको प्रक्रिया सरल, सहज र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् ।
हजार जनाको आँखा परीक्षण गर्दा १४९ जनामा मोतिबिन्दु
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीका लागि सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा एक हजार चार जनाको आँखा जाँच गरिएको छ।
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
उच्च रक्तचाप नियन्त्रणका उपायबारे काभ्रेमा छलफल
उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ । धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ ।
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ । आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि उपकरण अभावमा समस्या भएको हो ।
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको क्लिनिकल फर्माकाेलोजी विभागले ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको छ।
५२५ को आँखा जाँच गर्दा ७० मा मोतीबिन्दु
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीका लागि सञ्चालन गरिएको निःशुल्क मोतीबिन्दु छनौट तथा आँखा शिविरमा ५२५ जनाको आँखा जाँच गरिएको छ । जाँच गर्दा ७० जनामा मोतीबिन्दु रोग देखिएको छ ।
मलमूत्रले उपचार !
मानिसलाई आफ्नो सरसफाइमा ध्यान दिन सर्वप्रथम आफ्नो मलमूत्रमा विशेष ध्यान दिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । मलमूत्र चलाएमा राम्ररी हातगोडा धुने र मलमूत्रको व्यवस्थित विसर्जन गरिनु पर्ने सर्वमान्यता पनि छ । अन्यथा रोग सर्ने र वातावरण दूषित हुने गर्छ । अन्य व्यक्तिको मल (दिसा) लाई आफ्नो शरीरमा प्रवेश गराई उपचारात्मक लाभ लिन सकिने अवधारणा विकास भएको थाहा पाउँदा अचम्म मान्नु हुन्छ होला तर दिसामा हुने ब्याक्टेरियालाई शरीरमा प्रत्यारोपण गरी आन्द्राका कतिपय समस्या समाधान गर्न सकिने देखिएको छ । आन्द्रामा रहेका हितकारी ब्याक्टेरियाले शरीरको प्रति
सरकारले मिर्गौला प्रत्यारोपण लागि चार लाखसम्म सहुलियत दिने
सरकारले मिर्गौला प्रत्यारोपण लागि चार लाखसम्मको सहुलियत दिने व्यवस्था गरेको छ। विपन्न नागरिक औषधि उपचार निर्देशिका २०८० मा मिर्गौला प्रत्यारोपण लागि चार लाख सम्मको सहुलियत दिने व्यवस्था गरेको हो।
गर्भसँग जोडिएको क्यान्सर
कोरिओकार्सिनोमा जेस्टेसनल (गर्भसँग सम्बन्धित) ट्रोफोब्लास्टिक डिजिज (रोग) कै एक प्रकार हो । कोरिओकार्सिनोमा बिरलै हुने क्यान्सरमा गनिन्छ, जुन असामान्य गर्भका रूपमा विकसित हुन्छ । यस्तो असामान्य वृद्धि गर्भावस्थाको आरम्भिककालमा पाठेघरभित्रबाट सुरु हुन्छ । कोरिओकार्सिनोमालाई कोरियोब्लास्टोमा, कोरियोइपिथेलिओमा, जेस्टेसनल ट्रोफोब्लास्टिक, निओप्लासिया वा ट्रोफोब्लास्टिक ट्युमर पनि भनिन्छ । कोरिओकार्सिनोमा र मोलार गर्भबीच के भिन्नता छ भने कोरिओकार्सिनोमा गर्भ प्रक्रियाको
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रारम्भ
लखाको सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रारम्भ भएको छ । तीस वर्षमाथिका नसर्ने रोगको पहिचान,निदान,परामर्श र उपचार सम्बन्धी निःशुल्क कार्यक्रम रहेको अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनु भयो ।
मस्तिष्क नसासम्बन्धी जटिल शल्यक्रिया
मस्तिष्कको नसासम्बन्धी शल्यक्रिया र उपचारका लागि यस क्षेत्रका अधिकांश बिरामी भारतको लखनउस्थित सुविधा सम्पन्न अस्पतालमा जानेगरेको भए पनि यहीँ नै सफल शल्यक्रिया हुन थालेको छ ।
गुल्मीमा ३४८ जना एचआइभी सङ्क्रमित
गुल्मीमा तीन सय जनाभन्दा बढीमा एचआइभी सङ्क्रमण देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा ३४८ जनामा एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पताल तम्घासको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
'एकीकृत पोषण कार्यक्रम' सञ्चालनमा
लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेसनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो ।
लुम्बिनी प्रदेश प्रहरी अस्पतालकाे स्तरोन्नति गरिने
बुधवार नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश प्रहरी अस्पतालको पनि स्तरोन्नति गरिने बताउनुभएकाे हाे ।
आँखा जाँच गरिएकामध्ये १२ प्रतिशतमा मोतिबिन्दु
झापाको कमल गाउँपालिकामा आयोजित आँखा शिविरमा आँखाको जाँच गरिएकामध्ये १२ प्रतिशतभन्दा बढीमा मोतिबिन्दु फेला परेको छ । स्थानीय इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २७ औं स्थापना दिवसको अवसरमा गरेको आँखा शिविरमा यस्तो भेटिएको हो ।
मान्छे टोक्ने कुकुरको बन्ध्याकरण
तुलसीपुर उपमहानगरपालिका–१७ र १८ का विभिन्न ठाउँमा सामुदायिक कुकुरले बालबालिका र जीवजन्तुलाई टोक्न थालेपछि बन्ध्याकरण सुरु गरिएको छ ।
‘श्रमिक बराबर पनि मूल्य भएन’
कैलालीका महिला स्वास्थ्य स्वयम् सेविकाले सरकारले आफूहरूको श्रमको मूल्य नबुझेको गुनासो गरेका छन् । रात दिन नभनी स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा समुदायका समस्यामा समाधानका लागि काम गरे पनि सरकारले मूल्याङ्कन नगरेको भन्दै गुनासो गरेका हुन् ।
पानसराले बाटोमै जन्माइन् तीन बच्चा
बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माउनुभएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका –४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले तेस्रो पटक बाटोमै बच्चा जन्माउनुभएको हो ।
वर्षमा ६४ एचआइभी सङ्क्रमितको मृत्यु
सुदूरपश्चिम प्रदेशमा एक वर्षमा ६४ जना एचआइभी एड्स सङ्क्रमितको ज्यान गएको छ । गत आर्थिक वर्षमा सो सङ्ख्या सङ्क्रमितले ज्यान गुमाएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ज्यान गुमाउनेमा २४ महिला, ४३ पुरुष र एक जना यौनिक अल्पसङ्ख्यक रहेका छन् ।
काठमाडौँ महानगर भित्रका फार्मेसी सुधार गर्न १० दिनको समय
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले महानगरभित्र सञ्चालित फार्मेसी व्यवसायीहरू फार्मेसी सुधारका लागि १० दिनको समय दिएको छ ।
निःशुल्क आँखा शिविर हुने
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीहरुका लागि निःशुल्क मोतिबिन्दु छनाेट तथा आँखा शिविर सञ्चालन हुने भएको छ ।
प्रधानमन्त्रीले लिनुभयो उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
छातीमा समस्या भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना
छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ ।