बाबुराम शर्मा
दोलखा, मङ्सिर २१ गते । दोलखाको सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रारम्भ भएको छ । तीस वर्षमाथिका नसर्ने रोगको पहिचान,निदान,परामर्श र उपचार सम्बन्धी निःशुल्क कार्यक्रम रहेको अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँका अनुसार यसमा होलबडी परीक्षण हुन्छ । अस्पतालको नियमित स्वास्थ्योपचारलाई बाधा नपर्ने गरी बिहान ८ बजेदेखि ११ बजेसम्म हप्तामा दुई दिन बुधवार र बिहीबारको कार्यपालिका बनाइएको छ । दिनमा घटिका २० जनाको परीक्षण हुने गरेको छ । अहिलेसम्म तीन दिनमा ५४ जनाको परीक्षण तथा उपचार भइसकेको छ । ६८१ जनाको कोटा निर्धारण भएको छ ।
परीक्षणबाट देखिएका मुटु सम्बन्धीका रोगीलाई ७५ हजार, क्यान्सरका लागि दुई लाख, पक्षाघातका लागि दुई लाख बराबरको औषधि सेवनका लागि र पाठेघर सम्बन्धी रोगका निःशुल्क उपचार गरिने यो कार्यक्रमको लक्ष्य रहेको छ । कोटा नसकिएसम्म कार्यक्रम जारी रहने अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।