• १२ साउन २०८१, शनिबार

'एकीकृत पोषण कार्यक्रम' सञ्चालनमा

blog

प्रदेश प्रहरी अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री चौधरी । तस्बिर : सिराज खान ।

लिलाधर वली

घोराही, मङ्सिर २० गते । लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेसनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो । 

पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी एकीकृत पोषण कार्यक्रम सञ्चालन हुन लागेको हो । कुपोषणको हिसाबले लुम्बिनी प्रदेश अत्यधिक कुपोषण हुने प्रदेशमा रहेको छ । राष्ट्रिय तथ्याङ्कमा कुपोषित बालबालिका ८ प्रतिशत रहेको भएपनि लुम्बिनीमा १६ दशमलव २ प्रतिशत कुपोषित भएको तथ्याङ्क छ । 

यसलाई आधार बनाएर कुपोषण न्यूनीकरण गर्न र प्रदेशमा कुपोषणको सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमरबहादुर वलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी एकीकृत पोषण कार्यक्रम सञ्चालन भएको हो । उहाँले भन्नुभयो, "लुम्बिनी प्रदेशका जिल्लाहरूमा कुपोषण न्यूनीकरणका लागि कार्यक्रम सुरु भएको छ । यसले प्रदेशको कुपोषण दरलाई घटाउने विश्वास छ ।"

पहिले सुआहाराले पोषण सुधारका लागि १० वर्ष यस क्षेत्रमा काम गरेको थियो । त्यसपछि हेलेन केयर इन्टरेसनलले कार्यक्रम गर्ने गरी शुभारम्भ गरेको छ । प्रदेशको कुपोषण प्रतिशत घटाउने गरी कार्यक्रम केन्द्रित हुने गरी कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक राज मण्डलले बताउनुभयो । उहाँका अनुसार लुम्बिनीका चार जिल्लामा कुपोषित बालबालिका धेरै भएको हुँदा बालबालिका र महिलाहरूको पोषणको क्षेत्रमा कार्यक्रम केन्द्रित गरिने छ । कार्यक्रमको लक्ष्य कुपोषण रहित प्रदेश बनाउने रहेको छ । लुम्बिनी प्रदेशको तराईका जिल्लाहरूमा कुपोषण बढी देखिएको छ ।