दुई सयभन्दा बढीको आँखाको निःशुल्क शल्यक्रिया
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले दुई सय ५० जना मोतिबिन्दु रोग लागेर छनाेट भएका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।
हेलिकप्टरबाट सुत्केरीको उद्धार
सुत्केरी हुन नसकेर गम्भीर बिरामी भएकी सुन्दरी थापाको हेलिप्टरमार्फत उद्धार गरिएको छ ।
'एक विद्यालय, एक नर्स' कार्यक्रम प्रभावकारी बन्दै
सिन्धुली जिल्लाका विभिन्न सामुदायिक माध्यमिक विद्यालयमा बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ।
‘जीवनशैली परिवर्तन गरेमा मधुमेह नियन्त्रण गर्न सकिन्छ’
पछिल्लो समय मधुमेहका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट (हर्मनरोग विशेषज्ञ)डा.सौरभ खतिवडाले पछिल्लो समय खराब जीवनशैलीका कारणले गर्दा साथै उमेरमा पनि मधुमेहको समस्या देखिने गरेको बताउनुहुन्छ ।
गण्डकी ग्रामीण सामुदायिक अस्पताल बन्द
स्याङ्जाको चापाकोट नगरपालिका-२ मा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल अलपत्र परेको छ । विशेषज्ञ चिकित्सक सहित अस्पतालले सेवा प्रवाह गर्ने तयारी गरेपछि खुसी भएका चापाकोटका नागरिक अहिले पनि चिन्तामा छन् ।
नगर सभा नहुँदा नगर अस्पताल भवन प्रयोगविहीन
सर्लाहीको हरिपुर्वा नगरपालिका-२ मा निर्मित १५ शय्याको नगर अस्पताल भवन निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको सो अस्पताल निर्माण भएको डेढ वर्ष हुँदासमेत प्रयोगमा नआएको हो ।
स्वास्थ्य शिविरबाट तीन सयजना लाभान्वित
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट तीन सय चार सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा-१० झरालीस्थित स्वास्थ्यचौकीमा वडा कार्यालयले आयोजना गरेको हो ।
वीरमा स्नातक तह अध्यापन सुरु हुँदै
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) ले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसलगायतका विषयमा अध्यापन गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेपछि वीर अस्पतालले स्नातक तहको अध्यापन सुरु गर्न लागेको हो । हाल न्याम्समा स्नातकोत्तर तह (एमडी) को अध्यापन हुँदै आएको छ।
चार महिनामा ५२ क्षयरोगी भेटिए
बाँकेको कोहलपुर नगरपालिका क्षयरोगको उच्च जोखिममा रहेको छ । सो पालिकामा गत चार महिनामा ५२ जना क्षयरोगका बिरामी भेटिएका छन् ।
लागुऔषध सेवनकर्तासँग गर्नुपर्ने व्यवहार बुझाउँदै प्रहरी
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो लागुऔषध सेवनकर्तासँग गर्नुपर्ने व्यवहार बुझाउन स्थानीय तहसम्म पुगेको छ ।
‘रोग पहिचानको प्रवेशद्वार नै छायामा’
नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ । यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक कहाँ पठाउने प्रचलन छ ।
प्रदेश प्रमुख शर्मा पुनः अस्पताल भर्ना
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना हुनुभएको छ । मङ्सिर २८ गते बिहीबार उहाँ अस्पताल भर्ना हुनुभएको हो ।
नेपवेस्ट चाहिँदैन, फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ : काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी भएको छ ।
'पाँचथर अस्पतालमा एनएसथेसिया डाक्टरको दरबन्दी र पारामेडिक्स कक्षा सञ्चालन हन्छ'
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जिल्ला अस्पताल भवन पाँचथर सदरमुकाम फिदिममा निर्मित ५० शैय्या क्षमताको जिल्ला अस्पताल भवन उद्घाटन गर्नुभएको छ ।
एक लाख पशुलाई खोरेतविरुद्धको खोप
भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कैलालीले खोरेत रोग नियन्त्रणका लागि एक लाख खुरफट्टा जनावरलाई खोरेतविरुद्धको खोप लगाएको छ ।
सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया
चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरिएको छ ।आर्थिक वर्ष २०७९/८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् ।
अन्तर्राष्ट्रिय साहित्य महोत्सव सुरु
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा जनकपुरधाममा विभिन्न पाँच राष्ट्रको सहभागितामा अन्तराष्ट्रिय साहित्य महोत्सव हुने भएकाे छ ।
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्रका ९८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत् स्वास्थ्य सेवा प्रदान गरेको छ ।
डिएसपीको रक्तदानले अञ्जलीको स्वास्थ्य सहज
सामान्य सहयोग कसैको लागि अमुल्य योगदान बन्दछ र सहयोग गर्ने व्यक्ति महान् हुन पुग्छन् । गह्रौ प्राथमिक अस्पताल वालिङमा बिहीबार वडा प्रहरी कार्यालय वालिङका डिएसपी इकबाल हबारीको सहयोग त्यस्तै प्रमाणित भएको छ ।
विपद्को जोखिममा बालबालिका
महामारी, हिमपात, शीतलहर, बाढी तथा पहिरो, हावाहुरी, आगलागीलगायत प्राकृतिक विपद्बाट आर्थिक वर्ष २०७९/८० मा मुलुकभर पीडित बालबालिकाको सङ्ख्या तीन हजार दुई सय ४४ पुगेको छ । जसमा सबैभन्दा बढी दुई हजार दुई सय ३१ बालबालिका महामारीका कारण पीडित भएका थिए ।
'स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता'
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले मोरङको रतुवामाइ ४ झुर्कियामा रतुवामाई नगर अस्पतालको १५ शय्याको अस्पताल भवनको बिहीबार शिलान्यास गर्दै सो कुरा बताउनुभएको हो ।
‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग
औषधि व्यवस्था विभागले कामको विश्वसनीयताको लागि ‘म्याचुरेटी’ (परिपक्कता) को तीन तहमा पुग्ने तयारी थालेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको मानाङ्कअनुसार विभाग परिपक्कताको तीन तहमा पुग्ने तयारी गरेको हो ।
३४ युनिट रगत सङ्कलन
पुतलीबजार नगरपालिका–१ मा गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत सङ्कलन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श क्याम्पसले बिहीबार नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।