चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध
देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण
भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । महामारीको रूपमा कोरोना देखा परेको लामो समयपछि फेरि केहीमा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो ।
बिरामीको विश्वास जित्दै नगरअस्पताल
आइतबार बिहानदेखि धेरै पेट दुखेपछि वराहक्षेत्र नगर अस्पताल आउनुभएको सुनसरी वराहक्षेत्र ८ का ५० वर्षीय राधा बराल नगर अस्पतालको आकस्मिक कक्षमा उपचारपछि घर फर्कनुभयो । उपचारपछि स्वास्थ्यमा सुधार भएको बताउनुहुँदै बरालले भन्नुभयो “नगरमै अस्पताल भएकाले छिटो उपचार पाइयो ।”
आयुर्वेद स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा
आयुर्वेद स्वास्थ्य उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढाउन बाँकेको कोहलपुर नगरपालिका –१२ स्थित नेपाल राष्ट्रिय मावि खडकवारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
वीर अस्पतालमा क्यान्सर उपचारको टोमोथेरापी परीक्षण सुरु
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु भएको छ।
स्वास्थ्यमा ठुलो दरबन्दी थप्दै छौँ : मन्त्री बस्नेत
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले २६ वर्षपछि मन्त्रालयले ठुलो सङ्ख्यामा दरबन्दी सिर्जना गर्ने तयारी गरेको बताउनुभएको छ ।
स्वास्थ्य बीमाका कार्यकारी निर्देशकलाई निलम्बन गर्ने निर्णय सर्वोच्चद्वारा बदर
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
नेत्रज्योतिको रजत महोत्सवमा प्रभातफेरी
ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घको रजत महोत्सवको अवसरमा आइतबार बिहान प्रभातफेरी गरिएको छ । सङ्घ तथा सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको २५ औं स्थापना दिवस अर्थात् रजत महोत्सवको अवसरमा सदरमुकाम फुङ्लिङमा प्रभातफेरी गरिएको हो ।
आँखा शिविरमा ९१ जनाको निःशुल्क शल्यक्रिया
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजना गरिएको तीनदिने निःशुल्क आँखा शिविरमा ९१ जनाको सफल शल्यक्रिया गरिएको छ ।
बारेकोटमा बालबिवाह बढ्दो
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा बालविवाह बढ्दो क्रममा छ । बारेकोट गाउँपालिका भरी बालबिवाह हुने गरेको पाइएको छ ।
चार सय सुत्केरीलाई अत्याधुनिक टेन्ट
सेभ द चिल्ड्रेनले नलगाड र रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्पपीडित सुत्केरीलाई चार सय टेन्ट उपलब्ध गराएको छ ।
बागमतीमै एक हजारभन्दा बढी ग्रसित
नेपालमा अटिजमको पहिचान चुनौती बन्दै गएको पाइएको छ । मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजम नेपालमा नौलो र फरक स्वास्थ्य समस्या भएकोले पहिचानमा समस्या देखिएको हो । पछिल्लो तथ्याङ्क अनुसार बागमती प्रदेशमा मात्र एक हजारभन्दा बढी अटिजमको समस्याबाट पीडित रहेका छन् । यस प्रदेशका १३ वटै जिल्लामध्ये काठमाडौँ र ललितपुरबाहेक अन्य जिल्लामा अटिजमबाट ग्रसित हुने पुरुषको तुलनामा महिला बढी छन् ।
स्वास्थ्य शिविरमा २०६ ले लिए सेवा
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजना गरिएको नसर्ने रोगको स्वास्थ्य शिविरमा मधुमेह, उच्चरक्तचाप र मिर्गौला सम्बन्धी रोग शङ्का लागेका २०६ जनाले सेवा लिएका छन् ।
विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि
पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
घुम्ती शिविरबाट दुई हजार बढीले लिए सेवा
गुल्मी दरबार गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट दुई हजार २४२ जनाले सेवा लिएका छन् ।
प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउने प्रक्रिया छिट्टै टुङ्गिन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको बताउनुभएको छ ।
विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर
कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
एम्बुलेन्सका चालक नगरप्रमुख
मुगुको छायाँनाथ रारा नगरपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । एम्बुलेन्स सेवा सञ्चालनमा चालक नहुँदा नगरका समुदायको सेवाका लागि नगर प्रमुख विष्णुकुमार भामले बिरामीको उद्धारका लागि स्वयं आफैँ चालकका रूपमा सक्रिय भई बिरामीको उद्धार गर्दै आउनुभएको छ ।
अंगदानका निम्ति सबैले प्रोत्साहित गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपिल गर्नुभएको छ।
‘स्वास्थ्यका उपकरण छिटो खरिद गर्न ऐनको संशोधन गर्नुपर्छ’
सार्वजनिक खरिद ऐन स्वास्थ्य मैत्री नहुँदा स्वास्थ्य उपचार उपकरण खरिदमा ढिला हुने गरेको विज्ञले बताएका छन्।
फुलमायाको जीवनरक्षाको आग्रह
गुल्मीको मदाने गाउँपालिका –७, भनभने टिमुरखर्क मोठकी २२ वर्षीय फुलमाया सुनारको गत असार महिनामा दायाँ स्तनमा समस्या आयो । अहिले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उहाँको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरिएको परिवारका सदस्यले बताउनुभएको छ ।
५४ हजारलाई टाइफाइडको खोप दिइने
जिल्लाका आठ वटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ ।
खाद्य पदार्थको आधारभूत परीक्षण गर्न प्रयोगशाला
बागलुङ बजारमा संवेदनशील खाद्य पदार्थको आधारभूत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।
दिवा खाजामा स्थानीय परिकार
म्याग्दीको धौलागिरि गाउँपालिका-३ स्थित धौलागिरि माविका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् । स्वास्थ्य, सरसफाइ र स्थानीय खाद्यान्नको प्रवद्र्धन गर्न आयात गरिएको खाजा (जङ्क फुड)लाई प्रतिबन्ध लगाइएको हो ।