• २४ असार २०८१, सोमबार

प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउने प्रक्रिया छिट्टै टुङ्गिन्छ : मन्त्री बस्नेत

blog

काठमाडौं, पुस ७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको बताउनुभएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्नुहुँदै उहाँले प्रधानमन्त्रीको पटक–पटकको निर्देशनपछि केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताउनुभएको हो ।

बिरामीको खचाखच हुने केन्द्रको थप विस्तारका लागि सरकारले पहल गरी रहेको बताउँदै भक्तपुर र नागर्जुनमा पनि छिट्टै जग्गा उपलब्ध गराउने बताउनुभयो । 

उहाँले भन्नुभयो, “जग्गा उपलब्ध गराउनका लागि सम्मानिय प्रधानमन्त्रीबाट पटक पटक निर्देशन आइसकेको छ । अब जग्गाका लागि भौतारि रहनुपर्ने अवस्था छैन । जग्गाको विषय चाडोभन्दा चाडो टुङ्गोमा पुर्याउन मन्त्रालयले कुनै कसर बाँकी राख्दैन ।”

उहाँले आफू मन्त्री भएर आएपछि चिकित्सा क्षेत्रमा व्यापक सुधारका काम भइरहेको बताउनुभयो । चिकित्सा क्षेत्रको सुधारमा प्रधानमन्त्रीबाट आफूले चाहेको भन्दा धेरै सहयोग पाएको उहाँले उल्लेख गर्नुभयो ।