एक वर्षमा दुई हजार बढीलाई डेङ्गु
सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई हजार ४९ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण वर्षभरि नै भएको हो ।
काठमाडौं महानगरमा स्वास्थ्य बीमाका २४ प्रथम सेवा बिन्दु
काठमाडौं महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ ।
बितिमले १० प्रतिशत उपचार रकम आफैँले तिर्नुपर्ने
स्वास्थ्य बिमा बोर्डले बिमितहरुले १० प्रतिशत उपचार रकम आफैले तिर्नुपर्ने गरी सह भुक्तानी (को पेमेन्ट) प्रणालीको कार्यविधि तयार परेको छ ।
दमौली अस्पताललाई छ लाख सहयोग
व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई छ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो ।
बन्द हुने अवस्थामा सरुवा रोग अस्पताल
कालीकोटमा रहेको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । दुई वर्षअघि कर्णाली प्रदेश सरकारले स्थापना गरेको अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको हो ।
जाडोमा बालबालिकालाई 'रोटा भाइरस'बाट कसरी बचाउने?
विश्वमा रोटा भाइरसको सङ्क्रमणबाट बर्सेनि झन्डै साढे चार लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।
स्क्रबटाइफस रोगका बिरामी संख्या बढ्यो
गत केही समय यता बाँकेका अस्पतालहरुमा स्क्रब टाइफस रोगका बिरामी बालबालिका उपचारका लागि आउनेक्रम बढेको छ ।
वैशाखसम्ममा जिल्ला अस्पतालको स्तरोन्नति हुनेछ : स्वास्थ्य मन्त्री सिंह
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशका आठ वटै जिल्ला अस्पतालको स्तरोन्नति वैशाखसम्म हुने बताउनुभएको छ ।
काठमाडौँ महानगरमा स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने
काठमाडौँ महानगरपालिकामा पनि अब स्वास्थ्य बिमा सुरु हुने भएको छ । काठमाडौँ महानगरपालिका र स्वास्थ्य बिमा बोर्डबिच समझदारी पत्रमा हस्ताक्षर भएसँगै काठमाडौँ महानगरपालिकामा बिमा कार्यक्रम सुरु हुने भएको हो ।
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
रोटरी क्लब हेटौँडाद्वारा ७७ लाखभन्दा बढीको उपकरण सहयोग
रोटरी क्लब अफ हेटौँडाले हेटौँडा उपमहानगरपालिका–६ रामनगरमा सञ्चालनमा रहेको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताललाई ७७ लाखभन्दा बढीको अत्याधुनिक उपकरणहरू सहयोग गरेको छ ।
विपन्नको उपचार निःशुल्क
सरकारले एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत २०८० साल वैशाख २१ गते मन्त्री पदमा नियुक्त भएपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या छुट्याउने प्रावधानलाई बाध्यकारी बनाइएको छ । यसअघि निजी अस्पतालले १० प्रतिशत शय्या र उपचारमा १० प्रतिशत छुट्याउने गरेका थिएनन् ।
कडा भाइरलफ्लुका बिरामी बढे
चिसो बढ्दै जाँदा हाल आएर बाँके जिल्लाका धेरै सर्वसाधारण फेरि कडा किसिमको भाइरल फ्लुबाट पीडित बनेका छन् । चिसो बढ्न थालेसँगै जिल्लामा कडा किसिमको भाइरलफ्लुका बिरामीहरु बढ्दैगएको अस्पतालले जनाएका छन् ।
स्वास्थ्य विमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ ।
कुष्ठरोग निवारण अभियानमा बजेट अभाव
जिल्लामा बजेट अभावका कारण कुष्ठरोग निवारण अभियान प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा कुष्ठरोग निवारणका लागि अभियान सञ्चालन गर्न बजेट नभएपछि अभियानका काम रोकिएको हो ।
बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव
झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको बताइएको छ ।
भेरी अस्पतालको एमआरआई मेसिनमा खिया लाग्न थाल्यो
नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याएको एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आउन नसक्दा खिया लाग्न सुरु भएको छ । अस्पतालले जिम्मा लिएको पाँच महिना बिती सक्दा पनि मेसिन अझै सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।
कालिकोटमा ६० हजारलाई खोप लगाइँदै
कालिकोटमा ६० हजार जनाभन्दा बढी नागरिकलाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई पुस १२ देखि १४ र १६ देखि १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।
गुल्मीमा विशेषज्ञ डाक्टरसहितको अस्पताल सञ्चालनमा
गुल्मीमा अत्याधुनिक सुविधा सहितको अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खरज्याङमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि सञ्चालनमा आएको हो ।
ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण
बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउने आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिएको छ ।
यस्तो छ स्वास्थ्य क्षेत्रमा भएको प्रगति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुगेको छ । सरकार गठन भएको एक वर्षको उपलक्ष्यमा सबै मन्त्रालयले आफ्नो मन्त्रालय अन्तर्गतको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर
बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ । स्तरोन्नति भएर एक सय शय्या पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन् ।
नसर्ने रोगको स्क्रिनिङ शिविर
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजना गरिएको नसर्ने रोग सम्बन्धीको स्क्रिनिङ स्वास्थ्य शिविरमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोगको शङ्का लागेका तीन सय १८ जना नागरिकले सेवा लिएका छन् ।
जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोनाको पुरानै भेरियन्ट पुष्टि
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोना भाइरसको पुरानै ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।