‘जे एन वन’ सँग डराउने होइन सावधानी
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्राेनको नयाँ सबभेरियन्ट र बिदाको समयमा भएको जमघटले गत डिसेम्बर महिनामा १० हजार कोभिडका बिरामीको मृत्यु भएको जनाएको छ । सङ्क्रमणको फैलावट भएका ५० देशमध्ये अमेरिका र युरोपमा बढी देखिएको छ । नेपालमा समेत विभिन्न अस्पताल, सीमा नाका, स्थान र उमेर समूहबाट पुस २२ गते गरिएको पछिल्लो जिनोम सिक्वेन्सिडमा १६ नमुनामध्ये सातमा ‘जे एन वन’ पुष्टि भइसकेको छ । तथापि हालसम्म सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण मात्र देखिएका छन् । सर्ने माध्यम खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाबाट नै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्दछ । यो सबभेरियन्ट भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा हानि पुर्याएको पुष्टि भएका छैनन् । विशेषतः वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी, बालबालिका र खोप नलगाएका बढी प्रभावित हुने देखिएको छ । जोखिममा रहेकाहरूले विशेष सावधानी र ध्यान दिन जरुरी छ । सीमानाकामा शङ्कास्पद सबैको स्वास्थ्य तथा कोरोना परीक्षण, होम तथा संस्थागत क्वारेन्टाइन, आइसोलेसनको व्यवस्था र निगरानी, स्वास्थ्य संस्था तथा जनशक्तिलाई तयारीको अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालय र तीनै तहका सरकारले जनाएका छन् । तथापि नागरिक सचेत नहुँदासम्म नियन्त्रण गर्न सकिँदैन भन्ने विगतले देखाएको छ ।
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताउनुभएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ४० देशमा फैलियो
नेपालमा कोरोना भाइरसको नयाँ सब-भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । चिकित्सकका अनुसार जेएन डट वान ओमिक्रोन भेरियन्टको नयाँ स्वरूप हो।
वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताउनुभएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति हुँदै
बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अब १६ श्ययाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गरिने भएको छ । बागमती प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई १६ श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गर्दै दरबन्दी स्वीकृत गरेसँगै अब उक्त केन्द्र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा परिणत हुने भएको हो ।
कोरोनाको अध्ययनले बन्यो परिषद्को अन्तर्राष्ट्रिय पहिचान
समस्याको समाधान पहिल्याउन गरिने अनुसन्धानले नयाँ ज्ञानको विकास गर्नुको साथै संस्थागत पहिचान गराउन पनि मद्दत गर्दछ भन्ने उदाहरण नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बनेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको अनुसन्धानले परिषद्लाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको छ ।
कोरोना बिमा बापतको भुक्तानी अनिश्चित
कोरोना बिमा बापतको दाबी भुक्तानी प्रक्रिया अनिश्चित भएको छ । सरकारले कोरोना बापतको रकम निकासा नगर्दा कोरोना बिमा बापतको दाबी भुक्तानी अनिश्चित भएको हो ।
मातृशिशु मृत्युदर घटाउने प्रमुख प्राथमिकता : स्वास्थ्यमन्त्री खनाल
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मातृशिशु मृत्युदर घटाउने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
आर्थिक सहयोग जुटेपछि सिकलसेल पीडित ताराको शल्यक्रिया सफल
आर्थिक अभावमा सिकलसेल एनीमियाबाट पीडित घोडाघोडी नगरपालिका वडा नम्बर १ हिम्मतपुर मुक्तकमैया शिविरका ३२ वर्षीया ताराकुमारी चौधरीको आर्थिक सहयोग जुटेपछि अप्रेसन सफल भएको छ ।
वीरको सेवा गुणस्तरीय र सुलभ हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
निःशुल्क उपचार गराउने नाममा रकम असुल्ने बिचौलिया पक्राउ
भेरी अस्पतालमा निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका एक बिचौलिया पक्राउ परेका छन् ।
ग्रीस सरकारद्वारा कोभिड–१९ विरूद्ध खोप लगाउन निर्देशन
ग्रीस सरकारले कोरोना सङ्क्रमण बढेसँगै कोभिड–१९ र इन्फ्लुएन्जाविरुद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ ।
वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन
वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ । स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ) का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो ।
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ ।
गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार
बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका-६ कोर्धकी ३० वर्षीया सीमा बडुवालको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
आँखाका बिरामीको सङ्ख्या बढ्दो
ग्रामीण क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या पछिल्लो समय बढ्दो देखिएको छ । अस्पतालको पहुच नहुनु, आर्थिक अवास्था कमजोर रोगको बारेमा पूर्णरुपमा जानकारी नहुँदा आँखाको समस्या बढ्दो देखिएको हो ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ललितपुर महानगर र पाटन अस्पतालबिच सहकार्य
ललितपुर महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ ।
भूकम्प प्रभावित क्षेत्रका एक लाख ४० हजारले लगाए दादुरा/रुवेलाविरुद्धको खोप
भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा, रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् ।
कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा : पति–पत्नीले पनि पाउने
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत पति र पत्नीलाई समेत समावेश गरेको छ । अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने जनाएको छ ।
बागमतीमा पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमित
कोरोना भाइरसको सङ्क्रमण विगतमा शून्य जस्तै रहेको अवस्थामा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन्।
बाजुरामा सुत्केरीको उपचारका क्रममा मृत्यु
बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो ।
सामाजिक सेवा एकाइ प्रभावकारी बन्दै
पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा स्थापना भएको सामाजिक सेवा एकाइ प्रभावकारी बन्दै गएको छ । विपन्न, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, जनयुद्धका घाइते, बेपत्ता परिवार लगायतलाई सेवा दिने उद्देश्यले जिल्ला अस्पतालमा सञ्चालनमा आएको हो ।
रोल्पाका ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता-असक्त (क र ख वर्गका) नागरिकसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ ।
केएमसी चिकित्सक निलम्बन: समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा.विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको भएको छ ।