• ६ जेठ २०८१, आइतबार

आँखाका बिरामीको सङ्ख्या बढ्दो

blog

अर्जुनचौपारी गाउँपालिका ५ आरुचौरकी टीकादेवी तिवारीकाे उपचार हुँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, पुस २५ गते ।
ग्रामीण क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या पछिल्लो समय बढ्दो देखिएको छ । अस्पतालको पहुँच नहुनु, आर्थिक अवस्था कमजोर रोगको बारेमा पूर्णरुपमा जानकारी नहुँदा आँखाको समस्या बढ्दो देखिएको हो ।

अर्जुनचौपारी गाउँपालिकाले हिमालय आँखा अस्पताको समन्यमा गरिएको एकदिने निःशुल्क आँखा शिविरमा आएका बिरामीमध्ये धेरैमा आँखाको समस्या देखिएको हो ।

अस्तालका दृष्टिविज्ञ अनुप सुवेदीले शिविरमा २४४ जनाको उपचार गरिएकोमा यहाँ अत्यधिक मात्रामा आँखाको बिरामी भेटिएको बताउनुभयो ।

यहाँ ५२ जनामा मोतियाबिन्दु, १८ जना छिपिएको मोतियाबिन्दु र चार जनामा जलबिन्दु भेटिएको सुवेदीले बताउनुभयो । छिप्पिएको मोतियाबिन्दु र जलबिन्दुको शल्यक्रिया गर्नुपर्ने सुवेदीले बताउनुभयो ।

छिपिएको मोतियाबिन्दुको शल्यक्रियाले आँखा देखिने बताउनुहुँदै सुवेदीले जलबिन्दुको शल्यक्रियाले आँखा देख्नुभन्दा पनि नदुख्ने र नबिजाउनका लागि मात्र भएको बताउनुभयो ।

मोतियाबिन्दु देखिएकोमा छ जना, छिपिएको मोतियाबिन्दु भएकोमा तीन जना र जलबिन्दु भएका सबैको दुबै आँखा समस्या रहेको हो । पालिकाले गाउँपालिकाभित्र आँखा उपचार केन्द्र स्थापना गरेको एक हप्तामै शिविर गरेको हो ।

पालिका अध्यक्ष प्रकाश तिवारीले केन्द्र स्थापना भएसँगै आँखाका बिरामी पालिका आउने क्रम धेरै देखिएपछि शिविर सञ्चालन गरेको बताउनुभयो । पालिकाभित्र बिरामी धेरै रहेको थाहा पाएपछि निःशुल्क शिविर गर्न बाध्य भएको तिवारीको भनाइ थियो ।