खरिद भएन कालाजार जाँच गर्ने कीट
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कालाजार रोग जाँच गर्ने किट खरिद गर्न सकेको छैन । कालाजारको जाँच गर्न आरके–३९ किट आवश्यक पर्छ ।
अस्पतालमा बिहान ९ बजेबाट ओपिडी सेवा
बिरामीको चाप बढेपछि गुल्मी अस्पतालमा बिहान ९ बजेबाट ओपिडी सेवा सुरु गरिएको छ । बिरामीको चाप बढी हुने र दिउँसो गाउँ–गाउँमा पुग्ने सवारीहरु छुट्ने चिन्ताले सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा सुरु गरिएको गुल्मी अस्पतालले जनाएको छ ।
स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन
स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन गरेको छ ।
बिरामीको परीक्षण भइरहेको बेला औषधिको प्रचार नगर्न आग्रह
शिक्षण अस्पतालले बिरामीको परीक्षण भइरहेको समयमा औषधिलगायतका सामानको प्रचार नगर्न आग्रह गरेको छ ।
जाजरकोटमा महिनौँदेखि औषधि अभाव, भूकम्प पीडित समस्यामा
जाजरकोटको जुनीचाँदेमा एक महिनादेखि औषधि अभाव भए पनि हालसम्म आपूर्ति हुन सकेको छैन । जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनीषा रावत भूकम्प पछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानीय गर्खाकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निराश भएर घर फर्कनु बाध्य भएका छन् ।
भवन बनाउन सम्झौता भएको ६ महिनापछि शिलान्यास
चन्द्रागिरि नगरपालिकामा छुट्टै नगर अस्पताल बनाउन सम्झौता भएको छ महिनापछि मात्रै भवन निर्माणको शिलान्यास भएको छ ।
गङ्गालालमा डा. रवि मल्ल नियुक्त
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।
आँखा र वरपरको हड्डी भाँचिएको पुनर्स्थापना गर्ने विषयमा कार्यशाला गोष्ठी हुँदै
आँखा र वरपरको हड्डी भाँचिएको पुनर्स्थापना गर्ने विषयमा दुई दिने विशेष कार्यशाला गोष्ठी हुने भएको छ । तिलगंगा आँखा प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गर्दै आँखा र वरपरको हड्डी भाँचिएको पुनर्स्थापना गर्ने विषयमा कार्यशाला गोष्ठी गर्न लागेको जनाएको छ ।
युरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो : डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
बाथरोग जागरण अभियान सञ्चालन
बाथरोगसम्बन्धी जनचेतना जगाउने उद्देश्यले नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको संयुक्त आयोजनामा एक महिनाभर ‘बाथरोग जागरण अभियान’ सञ्चालन हुने भएको छ ।
सुस्वास्थ्य अस्पतालले गर्यो नसा च्यापिएका बिरामीको ९० प्रतिशत सफल उपचार
बानेश्वर मीनभवनस्थित सुस्वास्थ्य हस्पिटलमा आउने नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता प्राप्त भएको छ ।
गोरखाका एक व्यक्तिमा भेटियो कोरोना
गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिनुभयो ।
प्रेस्किप्सनबिना साइक्याट्रिक औषधि बिक्रीमा कडाइ
गोकर्णश्वर नगरपालिकाले प्रेस्किप्सनबिना साइक्याटिक औषधि बिक्रिवितरण गरेको पाइएमा फार्मेसी सिल गर्ने चेतावनी दिएको छ ।
चिकित्सकको आन्दोलनले बिरामी अलपत्र
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकहरूले अन्तर्वार्ता सुचारुको माग गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवाहरू बन्द गरेसँगै बिरामीहरू अलपत्र परेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा 'फार्मेसी वाटिका'
लुम्बिनी प्रादेशिक अस्पतालमा 'फार्मेसी वाटिका' बन्ने भएको छ । नेपाल फार्मेसी सङ्घ रुपन्देहीले वाटिका बनाउन लागेको हो ।
यस्ता छन् बिमाको सह–भुक्तानी सेवा लागू हुने स्थान
स्वास्थ्य बिमा बोर्डले माघ १ बाट १० प्रतिशत उपचार रकम बिमित आफैले तिर्नुपर्ने सह-भुक्तानी (को पेमेन्ट) प्रणाली लागु गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार पुस २७ गतेको बोर्डको निर्णयअनुसार सह-भुक्तानी कार्यक्रम माघ १ देखि लागु हुने भएको हो ।
केन्द्रीय अस्पतालका लागि १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव पोखरेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताउनुभएको छ ।
स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै
बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक-दुई परिवार बीमामा आबद्ध भए पनि अरुले भने बेवास्ता गरेका थिए ।
वडावडामा घुम्ती शिविर सञ्चालन
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरी स्थानीयलाई सेवा प्रवाह गरेको छ ।
प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’
केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ ।
स्वास्थ्य बिमामा सहभुक्तानी व्यवस्था लागु
स्वास्थ्य बिमा गराएका व्यक्तिले उपचार गराएको १० प्रतिशत रकम आफैँले तिर्नुपर्ने व्यवस्था लागु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक प्राडा दामोदर बसौलाले स्वास्थ्य बिमा गरेका नागरिकले १० प्रतिशत रकम बिरामी आफैँले तिर्नुपर्ने सहभुक्तानी प्रणाली माघ १ गतेदेखि लागु भएको बताउनुभयो ।
पर्सामा कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगन्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ ।
नेपालगन्जमा नवौँ राष्ट्रिय योग दिवस मनाइयो
योग समिति नेपालले सोमबार बिहान नेपालगन्जमा नवौँ राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरेर योग समितिले राष्ट्रिय योग दिवस मनाएको हो ।
आँधीखोलामा पाचँ दिने निःशुल्क दन्त शिविर
आँधीखोला गाउँपालिकामा पाँच दिने निःशुल्क दन्त शिविर हुनेभएको छ । गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले माघ २ गतेदेखि ६ गतेसम्म पालिका परिसरमा शिविर सञ्चालन हुने बताउनुभएको हो ।