• १८ असार २०८१, मङ्गलबार

स्वास्थ्य बिमामा सहभुक्तानी व्यवस्था लागु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २ गते । स्वास्थ्य बिमा गराएका व्यक्तिले उपचार गराएको १० प्रतिशत रकम आफैँले तिर्नुपर्ने व्यवस्था लागु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक प्राडा दामोदर बसौलाले स्वास्थ्य बिमा गरेका नागरिकले १० प्रतिशत रकम बिरामी आफैँले तिर्नुपर्ने सहभुक्तानी प्रणाली माघ १ गतेदेखि लागु भएको बताउनुभयो । 

उहाँले बिमा गरेका व्यक्तिले आफूले पाउने सुविधाबापतको रकम बाँकी भएको भन्दै चिकित्सकलाई ‘होलबडी’ स्वास्थ्य परीक्षण गराउन दबाब दिएकै कारण १० प्रतिशत सहभुक्तानीको व्यवस्था गरिएको जानकारी दिनुभयो । 

प्राडा बसौलाले कतिपय निजी अस्पतालले बिरामीको स्वास्थ्य बिमा छ भन्दैमा जथाभावी परीक्षण गराइदिने प्रवृत्ति बढेपछि स्वास्थ्य बिमामा बिरामीले १० प्रतिशत आफैँले तिर्नुपर्ने व्यवस्था गरेको बताउनुभयो । 

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बिमा बोर्डले १० प्रतिशत बिमितले तिर्नुपर्ने व्यवस्था लागु भएपछि स्वास्थ्य बिमा सुधार हुँदै जाने बताउनुभयो । उहाँले बिमितले मेरो बिमाबापतको शुल्क बाँकी छ भन्दै चिकित्सकलाई परीक्षणका लागि दबाब नदिने र अस्पतालले पनि जथाभावी परीक्षण नगराउने बताउनुभयो । 

अध्यक्ष डा. लोहनीले स्वास्थ्य बिमा गरिएका अस्पतालबाट प्रदान गरिने बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक, उपचारात्मक, शल्यव्रिmया, फिजियोथेरापी, पुनस्र्थापनालगायतका सेवामा १० प्रतिशत सहभुक्तानीको व्यवस्था लागु हुने जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले निःशुल्क सेवा प्रदान गरेका कार्यक्रममा भने यो व्यवस्था लागु नहुने बताउनुभयो । 

सरकारले निःशुल्क गरेका कार्यक्रममा आमा सुरक्षा, बाल रोगको एकीकृत व्यवस्थापन, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाइले रहेका छन् । यस्तै सरकारद्वारा सञ्चालित खोप, परिवार नियोजन, सुरक्षित मातृत्वलगायत अन्य जनस्वास्थ्य सेवा अन्तर्गतका कार्यक्रम, महामारी रोगको नियन्त्रण, रोकथाम, निर्मूलन र उन्मूलनमा गरिने सेवा, सामूूहिक भवितव्य, दुर्घटना, महामारी, आपत्कालीन सेवा, सर्पदंश, कुकुरको टोकाइ, योग, पोषण शिक्षा, बानीव्यहोरा सुधार, मनोसामाजिक परामर्श जस्ता प्रवर्धनात्मक सेवा र आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पर्ने औषधीमा पनि सहभुक्तानीको व्यवस्था लागु हुने छैन । 

प्राथमिक स्वास्थ्य केन्द्र तथा २५ श-यासम्मका सरकारी अस्पतालमा भने १० प्रतिशत सहभुक्तानीको व्यवस्था लागु नहुने उहाँले जानकारी दिनुभयो । उहाँले नेपाल सरकारका सङ्घीय अस्पताल, २५ शøयाभन्दा माथिका प्रादेशिक अस्पताल, बिमा लागु भएका निजी तथा सामुदायिक अस्पतालमा पनि सहभुक्तानी व्यवस्था लागु हुुन्छ । 

यसैबिच स्वास्थ्य बिमा बोर्डले हाल सुविधा थैलीमा रहेको ओपिडी प्याकेज खर्च घटाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले हालसम्म स्वास्थ्य बिमामा आबद्ध व्यक्तिलाई ओपिडी शुल्कबापत दुई सय रुपियाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपियाँ र आकस्मिक शुल्कबापत चार सय लिँदै आएकोमा त्यसलाई घटाएर एक सय रुपियाँ तोकिएको जानकारी दिनुभयो ।