• १३ साउन २०८१, आइतबार

गङ्गालालमा डा. रवि मल्ल नियुक्त

blog

डा. रवि मल्ल

काठमाडौं, माघ ३ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । 

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको जानकारी दिनुभयो । 

डा.मल्ल  मुटुरोग विशेषज्ञ हुनुहुन्छ । उहाँलाई  यसअघि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले निमित्त निर्देशकमा नियुक्त गर्नुभएको थियो।

गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नाममा छलफल गरेको थियो।  छलफलपछि डा.मल्ललाई निमित्तको जिम्मेवारी दिइएको थियो।

यसैगरी, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपाने नियुक्त हुनुभएको छ । 

 यसैगरी, नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ ।