• १३ साउन २०८१, आइतबार

आँखा र वरपरको हड्डी भाँचिएको पुनर्स्थापना गर्ने विषयमा कार्यशाला गोष्ठी हुँदै

blog

आँखा र वरपरको हड्डी भाँचिएको पुनर्स्थापना गर्ने विषयमा कार्यशाला गोष्ठी गर्नेबारे जानकारी दिनुहुँदै अंकोलोजी सर्जन डा।पूर्णिमा राजकर्णिकार ।

काठमाडौं, माघ ३ गते । आँखा र वरपरको हड्डी भाँचिएको पुनर्स्थापना गर्ने विषयमा दुई दिने विशेष कार्यशाला गोष्ठी हुने भएको छ । तिलगंगा आँखा प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गर्दै आँखा र वरपरको हड्डी भाँचिएको पुनर्स्थापना गर्ने विषयमा कार्यशाला गोष्ठी गर्न लागेको जनाएको छ ।

प्रतिष्ठानका अंकोलोजी सर्जन डा.पूर्णिमा राजकर्णिकार स्थापितका अनुसार कार्यक्रम जनवरी १८ र १९ गते गरी दुई दिनसम्म चल्ने छ । 

पछिल्लो समय सडक तथा अन्य दुर्घटनाका कारणले गर्दा आँखामा लाग्ने चोटलाग्ने क्रम बढ्दो छ । डा. पूर्णिमा राजकर्णिकारले प्रत्येक वर्ष प्रतिष्ठानमा करिब पाँच सय बिरामी आँखा चोट लागेर आउने गरेको जानकारी दिनुभयो । आँखामा चोट लागेका आएका मध्ये ५० प्रतिशतभन्दा बढिलाई शल्यक्रिया आवश्यक पर्ने डा. राजकर्णिकारको भनाइ छ । 

कार्यक्रमको पहिलो दिन पुनर्स्थापना सम्बन्धी छलफल हुने डा.राजकर्णिकारले जानकारी दिनुभयो । सोही दिन, ट्रमाका चुनौतीपूर्ण, शल्य चिकित्सकहरूले सम्भावित व्यवस्थापनको बारेमा छलफल गर्ने उहाँको भनाई छ । उहाँका अनुसार पहिलो दिन ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञहरू र म्याक्सिलोफेसियल सर्जन गरी करिब एक सय जनाको सहभागिता रहनेछ ।

कार्यक्रमको दोस्रो दिन आँखामा थाइरोइड रोगले पार्ने असरहरूबारे चुनौतीपूर्ण विषयहरूमा छलफल हुने डा.राजकर्णिकारको भनाइ छ । चिकित्सकका अनुसार पछिल्लो समयमा थाइरोइडको समस्या भएका  मानिसहरू बढ्दै गएको र यसले आँखा स्वास्थ्यमा पनि प्रभाव पारिरहेको विशेषज्ञहरूको दाबी छ ।