नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ ।
रक्त नसा सम्बन्धी सम्मेलन हुने
रक्त नसा (भास्कुलर) सम्बन्धी सम्मेलन २०२४ हुने भएको छ । आगामी जनवरी १७ देखि १९ गतेसम्म तीन दिन हुन लागेको सम्मेलनको हिमालयन इन्टरनेश्नल भास्कुलर सम्मेलन २०२४ नाम दिइएको छ ।
प्रभावकारी भएन स्वास्थ्य बिमा कार्यक्रम
धनकुटामा हालसम्म ४२ हजार १ सय ८९ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् । यो धनकुटाको कुल जनसङ्ख्याको २८ प्रतिशत हो । २०७८ सालको जनगणना अनुसार धनकुटाको कुल जनसङ्ख्या १ लाख ४९ हजार ९ सय ८४ छ ।
कोभिड खोपको विद्युतीय अभिलेखीकरणसँगै नागरिकलाई सहज
स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड १९ विरुद्धको खोप विद्युतीय अभिखेलीकरण गरेको छ । पालिकाले खोप लगाएका व्यक्तिको व्यवस्थित रूपमा अभिलेखीकरण गरेसँगै नागरिकलाई सहज हुने भएको छ ।
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ ।
अर्थहीन हुँदै एन्टिबायोटिक
कतिपय रोगमा रामवाण औषधिहरू यति चाँडै आफैँमा सङ्कट बन्लान्, कसले सोचेको थियो होला ? आममानिसले यस सङ्कटलाई सकभर बुझेका छैनन् र जतिले बुझेका छन् उनीहरू यसमा गम्भीर नहोलान् तर सचेत हुने बेला भइसक्यो, यसै हो भने सामान्य सङ्क्रमण हुँदा पनि ज्यान जाने दिन आउन थालेको छ । जीवनरक्षक प्रभावकारी औषधिले नै रोगाणु बलिया हुँदै छन् र मानव स्वास्थ्यमा कडा चुनौती बनिरहेका रोग त छँदै थिए अब रोगविरुद्ध लडाइँको मोर्चामा औषधिको प्रतिकर्म एक ठूलो समस्या भएको छ । प्रतिकर्म यस अर्थमा कि औषधिले रोगाणुलाई सबल हुन सघाइरहेका छन् । जसको पूर्ण जिम्मेवार अरू कोही नभएर हामी नै हौँ । औषधि (विशेषगरी एन्टिबायोटिक) प्रयोगमा हाम्रो लापरबाही, अज्ञान, नियमनको कमी र गैरजिम्मेवारी नै हो ।
कान्ति बाल अस्पतालमा अब सिटी स्क्यान र एमआरआई सेवा
कान्ति बाल अस्पतालले अब बिरामीलाई सिटी स्क्यान र एमआरआई सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६२औँ वार्षिकोत्सव अवसरमा आइतबार सिटी स्क्यान मेसिन र एमआरआई मेसिनको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो । उक्त मेसिन अस्पताललाई जापान सरकारबाट सहयोग प्राप्त भएको हो ।
कांग्रेसको स्वस्थ्य नागरिक समुन्नत समाजको अभियान सुरु
नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान सुरु गरेको छ ।
गेटा आँखा अस्पतालमा उपचारमा आउने ६० प्रतिशत भारतीय नागरिक
कैलालीको घोडाघोडी नगरपालिका-४ सुन्दरपुरका नन्दकली सापकोटाले एउटा आँखा धमिलो हुँदै गएपछि उपचारका लागि गेटा आँखा अस्पताल जानुभयो ।
सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ। सर्वसाधारणले आफ्नै वडाबाट सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यसहित गाउँपालिकाले फूलबारीमा रमिते सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको हो।
घुर्ने समस्या : हेलचेक्राइँ गरे ज्यानै जान सक्छ : प्रा.डा. श्रेष्ठ
नेपालमा १८ देखि २० लाख मानिसमा कडा खालको घुर्ने समस्या हुनसक्ने अनुमान गरिएको छ ।
यस कारणले पनि हुन्छ पिसाबको सङ्क्रमण
मूत्रप्रणालीको सङ्क्रमण प्रायः महिलालाई अधिक हुन्छ । यसका अनेक कारण हुन सक्छन् । यस्तैमा अमेरिकाको वेक फरेस्ट बापटिस्ट मेडिकल सेन्टरले गुप्ताङ्ग वरिपरि धेरै चिलाउने तथा रातो दाग उत्पन्न भएमा महिलालाई मूत्र प्रणालीको सङ्क्रमण हुने जोखिम बढ्ने जनाएको छ । थेराप्युटिक एड्भान्स इन युरोलोजी अनलाइनमा यस अनुसन्धानको विवरण प्रकाशित गरिएको थियो ।
तोकियो एम्बुलेन्सको भाडा
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका एम्बुलेन्सको नयाँ भाडा कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएको हो ।
उपचाररत तिम्सिनाको अस्पतालबाट उद्धार
उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बस्न बाध्य हुँदै आउनुभएका इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद शर्मा तिम्सिनाको उद्धार गरिएको छ ।
बाँकेका दुई पालिका सिकलसेल रोगको उच्च जोखिममा
बाँके जिल्लाका थारु समुदायको बाहुल्यता भएका दुई वटा पालिका सिकलसेल रोगको उच्च जोखिममा रहेको पाइएको छ ।
हात्तीपाइले रोग निवारणका लागि सर्भे
हात्तीपाइले रोग निवारणका लागि बाँकेमा इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेमा कोहलपुर नगरपालिकाबाट सर्भेको काम सुरु भएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।
दुर्गम क्षेत्रमा मातृशिशु मृत्युदर शून्य
अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती । चारैतिर भिर, पहरा । एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने । वर्षौँदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ ।
बिपी प्रतिष्ठान सबैको प्रतिष्ठा हो : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्थलगत अनुगमन गर्दै बिपी प्रतिष्ठान हामी सबैको प्रतिष्ठा भएको बताउनुभएको छ ।
हाडजोर्नी तथा नसासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
दोलखाको सदरमुकाम चरीकोटमा हाडजोर्नी तथा नसासम्बन्धी तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
दमका बिरामीले चिसोमा नहिँड्नु राम्रो: डा.पौडेल
चिसो मौसममा फ्लु, भाइरस जन्य रोग,ब्याक्टेरियाको सङ्क्रमणले विभिन्न स्वास्थ्य समस्या निम्तने गर्छ । चिसोमा वृद्ध वृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याले पनि निकै दुःख दिने चिकित्सक बताउँछन् । छाती रोग विशेषज्ञ डा= प्रकाश पौडेलका अनुसार दम श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग हो ।
कोरोनाकालमा अनुदानमा आएका उपकरण प्रयोगमा आएनन्
कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् ।
गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण
गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गोरखा सदरमुकाममा आज एक कार्यक्रमका बिच ‘सम्भव छ नेपाल’ नामक एक गैरसरकारी संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिनुभयो ।
निलम्बनमा परेका चिकित्सकलाई उचित न्याय प्रदान गर्न चिकित्सक सङ्घको माग
नेपाल चिकित्सक सङ्घले काठमाडौं मेडिकल कलेज (केएमसी) मा निलम्बनमा परेका चिकित्सकलाई उचित न्याय प्रदान गर्न माग गरेको छ ।
दुई पालिकामा समावेशी शिक्षा परियोजना
जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्ष्य गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।