• २० वैशाख २०८१, बिहिबार

दमका बिरामीले चिसोमा नहिँड्नु राम्रो: डा.पौडेल

blog

काठमाडौँ, पुस १७ गते । चिसो मौसममा फ्लु, भाइरस जन्य रोग,ब्याक्टेरियाको सङ्क्रमणले विभिन्न स्वास्थ्य समस्या निम्तने गर्छ । चिसोमा वृद्ध वृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याले पनि निकै दुःख दिने चिकित्सक बताउँछन् । छाती रोग विशेषज्ञ डा= प्रकाश पौडेलका अनुसार दम श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग हो । 

दम बढ्नुको प्रमुख कारण धूम्रपान भएको चिकित्सकको भनाई छ । चिकित्सकका अनुसार लामो समयदेखि धूम्रपान गर्ने मानिसमा दम हुने सम्भावना अन्य मानिसको तुलनामा बढी हुन्छ । 

त्यसका अलावा दीर्घ रोगी, निमोनिया, छातीको सङ्क्रमण हुने मानिस, रेडिएसनमा बढी बस्ने मानिस, रोग प्रतिरोधात्मक क्षमताको औषधीको प्रयोग गर्दा, कोभिड सङ्क्रमणले फोक्सोमा समस्या निम्त्याएर दमका लक्षण देखिने डा=पौडेल बताउनुहुन्छ । 

दम जुनसुकै उमे समूहका मानिसलाई पनि हुन सक्छ । तर, पाँच वर्ष मुनिका बालबालिका र ६० वर्षका वृद्ध वृद्धालाई दमको समस्याले बढी दुःख दिने डा= पौडेल बताउनुहुन्छ । दमका दीर्घ रोगी, धेरै धुलो धुवा काम गर्ने मानिस, कपडा उद्योग, सिमेन्ट उद्योग, बाटोघाटोमा काम गर्ने व्यक्तिहरूमा, रोग प्रतिरोधात्मक क्षमता कम हुने मानिसहरू दम रोगका जोखिममा हुने डा= पौडेल बताउनुहुन्छ ।

दम भएका मानिसलाई श्वास नली साँघुरो भएर वा सुनिएर श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, खोकी लाग्ने समस्या उत्पन्न हुने चिकित्सकको भनाई छ । कतिपय अवस्थामा एलर्जीले गर्दा पनि दम हुने गर्छ ।

चिसोमा तापक्रम परिवर्तन हुँदा सिँगान, खकार बन्ने प्रक्रिया बढ्ने भएकाले श्वास नली हुँदै फोक्सोसम्म इन्फेक्सन भई श्वास नली साँघुरो वा सुनिएर राम्रोसँग अक्सिजन जान नपाई दम बढ्ने डा=पौडेल बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “श्वासप्रश्वासमा अवरोध आई सास फेर्न गाह्रो हुने, छाती फुल्ने, छाती भारी हुने, सानो काम गर्दा पनि सास फुल्ने, खोकी लाग्ने जस्ता दमका लक्षण देखिने गर्दछन् ”

बिस्तारै सिँढी चढ्न गाह्रो हुने, राती सुत्दा श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देख्ने गर्दछन् । चिसोमा भाइरस सङ्क्रमण र वायु प्रदूषण दुवै बढ्ने भएकाले दम रोग बढ्ने उहाँको भनाई छ । 

चिसोमा दम बढ्ने हुँदा बिहान र बेलुकी समयमा सकभर हिँडडुल नगर्न चिकित्सकको सुझाव छ । हेलचक्र्याइँ गर्दा शरीरमा अक्सिजनको मात्रा कमी भई बिरामीको मृत्यु समेत हुने भएकाले यसलाई नियमित औषधिको सेवन गरेर नियन्त्रणमा राख्न चिकित्सकको सुझाव छ । 

दम रोगलाई बढ्न नदिन नियमित चिकित्सकको सल्लाहमा औषधीको प्रयोग गर्ने, चिकित्सकको सल्लाहमा श्वास नली खुलाउने कसरत गर्ने, दम विरुद्धको खोप लगाउन डा=पौडेलको आग्रह छ । 

जाडोमा दम रोग बढ्नुका कारण,यसका बच्ने उपाय लगायत विषयमा केन्द्रित भई छाती रोग विशेषज्ञ डा=प्रकाश पौडेलसँग गोरखापत्र अनलाइनका लागि तयार परिएको भिडियो संवादM


भिडियोM मनोजरत्न शाही ÷केशव गुरुङ 



Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।