• १३ साउन २०८१, आइतबार

कोभिड खोपको विद्युतीय अभिलेखीकरणसँगै नागरिकलाई सहज

blog

राधाकृष्ण डुम्रे
वालिङ, पुस २३ गते ।
 स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड १९ विरुद्धको खोप विद्युतीय अभिखेलीकरण गरेको छ । पालिकाले खोप लगाएका व्यक्तिको व्यवस्थित रूपमा अभिलेखीकरण गरेसँगै नागरिकलाई सहज हुने भएको छ ।

नागरिकले वैदेशिक रोजगारीका लागि जाने क्रममा पैसा खर्च विद्युतीय अभिलेखीकरण गर्न नपर्ने भएको  छ । यो भन्दा अगाडि नागरिकहरूले आफ्नो आवश्यकताका आधारमा यस्तो अभिलेखीकरण गराउँदै आएका थिए ।

विद्युतीय माध्यमबाट क्युआर बनाइएपछि खोप लगाइएको प्रमाण जीवन्त रहने भएकाले आगामी दिनमा फेरि पनि कोरोनाका नयाँ भेरियन्ट आएमा त्यस्ता जटिलतासँग जुध्न सहयोग सहयोग हुने वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनु भयो ।

स्मार्ट सिटीको रूपमा अगाडि बढेको वालिङमा हरेक क्रियाकलाप विद्युतीय माध्यमबाट हुने भन्दै यो अभियानबाट छुटेकाहरूलाई पुनःअभिलेखिकरण गरिने पाण्डेले जानकारी दिनुभयो ।

नगरपालिकाले पहिलो चरणमा १४ वटै वडामार्फत दुई हजार ४०२ जनाको अभिलेखीकरण गरेको छ । यूनडिपिको आर्थिक सहयोग र उज्यालो यात्रा गैह्र सरकारी संस्थाको सहकार्यमा पालिकाले कोभिड १९ खोप लगाएकाहरूको विद्युतीय अभिलेखीकरण गरेको हो ।