• १३ साउन २०८१, आइतबार

ग्रीस सरकारद्वारा कोभिड–१९ विरूद्ध खोप लगाउन निर्देशन

blog

काठमाडौं, पुस २६ गते । ग्रीस सरकारले कोरोना सङ्क्रमण बढेसँगै कोभिड–१९ र इन्फ्लुएन्जाविरुद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ ।

एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले कोरोना सङ्क्रमण बढेकाले सतर्क रहन आग्रह गर्नुभयो । गत सेप्टेम्बरदेखि देशभर कोभिड–१९ सँग सम्बन्धित एक हजार २८ मृत्युमध्ये दुईजनालाई मात्रै खोप लगाइएको थियो ।  

करिब १० करोड जनसङ्ख्या भएको देशमा दुई लाख १० हजारले मात्र कोभिड–१९ विरुद्धको खोपको पछिल्लो डोज पाएका छन् । गत वर्ष ३.४ मिलियनको तुलनामा हालसम्म २९ लाख नागरिकले फ्लुविरुद्धको खोप लगाएका छन् । नोभेम्बरदेखि ग्रीसले कोभिड–१९ मा क्रमिक वृद्धि भएको रेकर्ड गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल