• ६ माघ २०८१, आइतबार

अन्तर्राष्ट्रिय साहित्य महोत्सव सुरु

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, मङ्सिर २९ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा जनकपुरधाममा विभिन्न पाँच राष्ट्रको सहभागितामा अन्तर्राष्ट्रिय साहित्य महोत्सव हुने भएकाे छ ।

नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम एवम् शान्ति निकेतन हिन्दी प्रचार सभा र शान्ति निकेतन, पश्चिम बङ्गाल भारतद्वारा जनकपुरधाममा शुक्रबार आयोजित पाँचौं अन्तराष्ट्रिय साहित्य महोत्सवमा भारत, बङ्गलादेश, श्रीलङ्का, मोरिसस र नेपालका कवि तथा साहित्यकारहरुको सहभागितामा दुईदिने अन्तर्राष्ट्रिय साहित्य महोत्सव हुन लागेको हो । उक्त साहित्य महोत्सवमा भारतका श्रीमती जाली बेगम, सवाना साजिद र घराश्वरी मोहन्तीलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।