• १२ मंसिर २०८१, बुधबार

३४ युनिट रगत सङ्कलन

blog

रक्तदान गर्दै प्रहरी । तस्बिर :अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर २८ गते ।
 पुतलीबजार नगरपालिका–१ मा गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत सङ्कलन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श क्याम्पसले बिहीबार नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

पुतलीबजार नगरपालिका–३ कुमाल गाउँको जिल्ला अस्पतालको ब्लड बैङ्कमा रगत सकिएपछि रक्त दान कार्यक्रम गरिएको हो ।

सदरमुकामको जिल्ला अस्पतालमा रगतको अभावलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो । रेडक्रस केन्द्रीय सदस्य दिनेश अर्यालले सोच्ने अनुसारको रगत सङ्कलन नभए पनि आवश्यक भने पूर्ति भएको बताउनुभयो ।

३० वर्ष पहिला स्थापना भएको जिल्ला सदरमुकामको एक मात्र जिल्ला अस्पतालमा पोखराका ठुला अस्पतालमा पाउने विशेषज्ञसहितको सेवा समेत पाउने गरिएको छ ।  अस्पतालमा पछिल्लो क्रममा दैनिक दुई सयभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् ।