• १२ मंसिर २०८१, बुधबार

सेवाग्राहीको चाप बढेपछि नाम दर्ता अनलाइनबाटै

blog

कर्णाली प्रदेश अस्पताल सुर्खेत ।

नवीन सुवेदी

सुर्खेत, पुस ५ गते । कर्णाली प्रदेश अस्पताल सुर्खेतले सेवालाई सुधार गर्ने क्रममा अनलाइनबाट काम सुरु गरेको छ । सेवाग्राहीको चाप बढेपछि नाम दर्ता अनलाइन सेवा अनुसार कुनै पनि बिरामी वा सेवाग्राहीले नाम दर्ताका लागि बिहानै ९ बजे नै अस्पताल पुग्न नपर्ने अस्पतालकलका निर्देशक प्रा.डा.डाक्टर डम्बर खड्काले बताउनुभयो । 

"त्यसका लागि अस्पतालको वेबसाईटमा जानुपर्छ । तर तपाई पनि अनलाइनमार्फत नाम दर्ता गर्न सक्नुहुन्छ", उहाँले भन्नुभयो, "सेवाग्राहीले चेकजाँच गर्न चाहेको डाक्टर, मिति र बिहान ७, ८ र ९ बजेको समय तालिका देखाउँछ । यीमध्ये समयमा क्लिक गरेपछि 'प्रोसेस टु बुक' भन्नेमा क्लिक गर्नुपर्दछ । यो प्रक्रिया पूरा भएपछि 'लगइन' र 'बुक अप्वाइमेन्ट' देखाउँछ । यहाँ फुक्दा 'बुक अप्वाइमेन्ट'मा क्लिक गरेपछि आफ्नो सबै विवरण भर्नुपर्ने हुन्छ । 

यस्तै, विवरण भरेपछि 'बुक' भएको देखाउँछ । त्यहीँ 'बुक' गरिएको 'स्क्रिन सट' देखाएर अस्पतालबाट बिरामी पुर्जा लिन सकिने उहाँले जानकारी दिनुभयो । 

अनलाइनमार्फत नाम दर्ताको टिकट बिहान ८ बजेदेखि १२ बजेसम्म सेवाग्राहीले लिन सक्ने अस्पतालले जनाएको छ । अनलाइनबाट नाम दर्ता गरेका सेवाग्राहीका लागि अस्पतालको नाम दर्ता काउन्टर अर्थात् कोठा नम्बर १ बाट लिन सकिनेछ व्यवस्था मिलाइएको छ ।