• १९ असार २०८१, बुधबार

वीर अस्पतालमा ब्रेन ट्युमर विशेष क्लिनिक हप्तामा दुई दिन

blog

फाइल तस्बिर

काठमाडौं, मङ्सिर २४ गते। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा न्युरो सर्जरी विभाग अन्तर्गत राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत ब्रेन ट्युमर विशेष क्लिनिक सेवा हप्तामा दुई दिन सुरु भएको छ।  

अस्पतालका नि निर्देशक डा. श्रवण कुमार थापाका अनुसार केन्द्र मार्फत न्युरो सर्जरी  र न्युरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा  हप्तामा दुई दिन आइतबार बुधबार  बिहान १० देखि १ बजेसम्म सञ्चालन भइरहेको छ।   

केन्द्र मार्फत दिइने यी विशेष सेवाले टाउकोको ट्युमर र मेरुदण्डको दुखाइ लगायतका रोगबाट पीडित बिरामीलाई राहत मिल्ने अपेक्षा गरेको अस्पतालका नि निर्देशक थापाले जानकारी दिनुभयो। 

अस्पतालले भविष्यमा यस्ता रोगको निदान तथा उपचारलाई अझ अत्याधुनिक र प्रभावकारी बनाउँदै लैजाने उद्देश्य राखेको छ।  साथै यस्ता किसिमका रोगको उपचार निःशुल्क गर्न सरकारसँग विशेष पहल गर्ने अस्पतालले जनाएको छ।