सामुदायिक वन डढेलोको उच्च जोखिममा
पूर्वी नवलपरासी जिल्लाका अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेपछि सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरिएको छ । हरेक वर्ष फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्यधिक बढ्ने गरेको पाइएको छ । डढेलाका कारण वन सम्पदा, प्राकृतिक ऊर्जा र मानवीय धनजनको ठुलो क्षति हुँदै आएको छ ।
आठ महिनामा चार लाख एकहत्तर हजार श्रम स्वीकृति
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब पाँच लाख पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि फागुनसम्म रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चार लाख ७१ हजार २४० पुगेको हो ।
पाँचथरको घुर्विसेमा लागेको आगो नियन्त्रणमा
पाँचथर र इलामको सीमावर्ती घुर्विसे पञ्चमी बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । घुर्विसे पञ्चमी इलामको फाकफोक थुम गाउँपालिकासँग सिमाना जोडिएको घुर्विसे पञ्चमी पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र समेत हो । यहाँ आइतबार साँझ ८ बजे सुरु भएको आगो करिब १० बजे नियन्त्रणमा लिइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताउनुभयो ।
सङ्घीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता
तीनै तहका सरकारका प्रतिनिधिले प्रशासनिक सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्ने गरी सङ्घीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता जनाएका छन् । सङ्घीय व्यवस्था कार्यान्वयन भएको सात वर्ष बितिसक्दा पनि प्रशासनिक सङ्घीयता अलपत्र भइरहेकाले सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले प्रशासनिक सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन गर्न एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आइतबार प्रशासनिक सङ्घीयता कार्यान्वयनका लागि स्थानीय सेवाको व्यवस्थापन सङ्घीय तथा प्रादेशिक कानुनमा समावेश गर्नुपर्ने विषयमा सरोकारवालासँग गरिएको छलफलमा तीनै तहका सरकारका प्रतिनिधिले प्रशासनिक सङ्घीयता प्रभावकारी कार्यान्वयन गर्न सक्रियता देखाउने स्पष्ट गरेका हुन् ।
लाइसेन्स परीक्षामा उल्लेख्य नतिजा
नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता (लाइसेन्स) परीक्षामा अप्रत्याशित रूपमा विद्यार्थी पास भएका छन् । नर्सिङ काउन्सिलले लिएको परीक्षामा यस पटक प्रवीणता प्रमाणपत्र तह (पिसिएल) तर्फ ७१.२७ प्रतिशत नर्स पास भएका हुन् । यसअघि काउन्सिलले लिएको परीक्षामा जम्मा १९ प्रतिशत नर्स मात्र नाम दर्ता परीक्षामा पास भएका थिए । काउन्सिलकी अध्यक्ष सरला केसीले यो पटक अप्रत्याशित रूपमा विद्यार्थी पास भएको जानकारी दिनुभयो । “यसअघि लिएको परीक्षामा १९ प्रतिशत मात्र पास भएका थिए,” उहाँले भन्नुभयो, “यस पटक ७१ प्रतिशतभन्दा बढी नर्स पास हुनु अप्रत्याशित हो ।”
फ्लोरा एक्स्पोमा एक करोड पाँच लाख बढी कारोबार
फ्लोरा एक्स्पोमा एक करोड पाँच लाख ५० हजारको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।
इजराइली सैनिकले गाजामा योजनाबद्ध स्थल आक्रमण गर्ने
इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमण गर्ने आइतबार बताउनुभएको छ । यसबाट ठूलो मात्रामा नागरिक हताहत हुने आशङ्का बढेको छ ।
माओवादीसँग एकताको पक्षमा उभिएका नेसपा नेता जिम्मेवारी मुक्त
नेपाल समाजवादी पार्टीले नेकपा(माओवादी केन्द्र)सँग एकताको पक्षमा उभिएका नेतालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ ।
प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको निवासमा आइतबार मुख्यमन्त्री कार्यालयले गरेको स्वागतलगत्तै कार्यालय पुगेर भट्टले पदभार ग्रहण गर्नुभएको हो ।
‘नेपाल धार्मिक, सांस्कृतिक दृष्टिले सम्पन्न मुलुक’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक दृष्टिले सम्पन्न मुलुक भएको बताउनुभएको छ । नेपाल तामाङ घेदुङद्वारा आइतबार राजधानीमा आयोजित उहाँको सम्मान तथा शुभकामना समारोहलाई सम्बोधन गर्दैसो कुरा बताउनुभएको हो ।
दोखुको वनमा लागेको डढेलोले चार घर जले
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा वनमा लागेको डढेलोले चार वटा घर जलेर नस्ट भएका छन्। प्रहरीकाअनुसार फुङ्लिङ नगरपालिका–८ दोखुमा वनमा लागेको डढेलोले आइतबार चारवटा घर जलेर नस्ट भएका हुन्।
भ्रमण, गोष्ठी र कार्यशाला घटाउन महानगर प्रमुख शाहको निर्देशन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ।
जलेकी किशोरीको उपचारको क्रममा मृत्यु
जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी इन्सिपेक्टर पोषण थापाले सामुदायिक वनमा आगलागी हुदा जलेर घाईते भएककी किशोरीको मृत्यु भएको जानकारी दिनुभयो ।
एक दलको बहुमत नहुँदा देश समस्यामा: नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै एक दलको बहुमत नहुँदा देशको विकास नभइ समस्यामा परेको बताउनुभएको छ । बरहथवामा आइतबार एमाले सर्लाहीको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने उन्मुक्तिको निर्णय
अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढल्ने वा निरन्तरता पाउने अनिश्चित रहेको बेला सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ ।
धर्माबलम्बीको गन्तब्य बन्दै आँधीखोला
अन्धाअन्धी दह पितृभक्त श्रवण कुमारका दृष्टिविहीन वृद्ध बावुआमाको आँशुले बनेको तालमा धार्मिक पर्यटकहरुको गन्तव्यको रुपमा विकास हुँदैगएको छ ।
नेपालगन्जमा मेरुदण्ड रोगको कार्यशाला
मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नवीन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी आदान प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा पहिलो पटक सर्जनको सम्मेलन आयोजना गरिएको छ ।
जग्गा कारोबारीले लगाएको ताला नगर प्रहरीले तोड्यो
धनगढी उपमहानगरपालिकामा आइतबार जग्गा कारोबारीले लगाएको ताला नगर प्रहरीले तोडेको छ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ।
डढेलो उच्च जोखिम क्षेत्रमा विशेष अभियान
पूर्वी नवलपरासीका अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिम क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको छ । हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ ।
साविक विजेता पुलिस र एपिएफको विजयी सुरुवात
साविक विजेता नेपाल पुलिस क्लब र एपिएफ क्लबले आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेको छ ।
बागमतीमा हाम्रो नेपाली पार्टीले सरकार गठन गर्न पहल गर्ने
राममणि दाहालहेटौँडा, चैत ४ गते। बागमती प्रदेशमा सरकार गठनका लागि निर्णायक रहेको हाम्रो नेपाली पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। हाम्रो नेपाली पार्टीले प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय गरेको हो।पार्टीका प्रवक्ता इन्जिनियर डिल्लिश्वोर कार्की (रोहन) ले चैत्र ३ र ४ गते बसेको केन्द्रीय कमिटीको बैठकले बागमती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको जानकारी दिनुभयो।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलको केन्द्रमा बनेको गठबन्धन टुटेसँगै बागमती प्रदेशमा नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशका बहुमतको सरकार बनाउन ५६ प्रदेश सभा सदस्य आवश्यक हुन्छ। तर केन्द्रमा बनेको सत्ता समीकरण अनुसार यस प्रदेशमा बहुमत पु र्याउन एक जना प्रदेश सभा सदस्य अपुग हुन्छ। हाम्रो नेपाली पार्टीको बागमती प्रदेश सभामा दुई जना प्रदेश सभा सदस्य छन्। एमाले, माओवादी केन्द्रसहितको गठबन्धनलाई बहुमतका लागि राप्रपा, हाम्रो नेपाली पार्टी वा नेपाल मजदुर किसान पार्टीको समर्थन अनिवार्य हुन्छ।हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले विगतमा बनेका गठबन्धनले आफ्नो पार्टीलाई राम्रो व्यवहार नगरेको बताउँदै अब आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताउनुभएको हो। उता पार्टी प्रवक्ता कार्कीले ऐतिहासिक जिम्मेवारी पूरा गर्न हाम्रो नेपाली पार्टी तयार रहेको बताउँदै अहिले अन्य दललाई समर्थन नगर्ने पक्षमा पुगेको बताउनुभयो।
जिप र मोटरसाइकल ठोक्किँदा दुई घाइते
बेनी नगरपालिका –७ महारानीथान नजिक जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
पलेशा पारा ओलम्पिकमा छनोट
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पारा ओलम्पिकमा छनोट हुनुभएको छ ।