• २ चैत २०८१, शनिबार

युक्रेनबारे वार्तामा ‘बलियो जी ७ एकता’: आयोजक क्यानाडा

blog

चार्लेभोइक्स (क्यानाड), चैत १ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको घर्षणका बाबजुद जी ७ विदेशमन्त्रीहरूको समूहले युक्रेन र रुसबीच युद्धविरामका लागि अमेरिकी नेतृत्वको आह्वानलाई समर्थन गर्दै एकीकृत वक्तव्यमा पुगेको आयोजक क्यानाडाले शुक्रबार बताएको छ ।

“हाम्रो लामो कुराकानीको माध्यमबाट, हामीले छलफल गरिएका विभिन्न मुद्दाहरूमा बलियो जी७ एकता फेला पार्न सक्षम भयौँ र विशेष गरी युक्रेनसँग जोडिएको कुरा म प्रकाश पार्न चाहन्छु”, क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले क्युबेकमा वार्ताको अन्तिम दिन पत्रकारहरूलाई भन्नुभयो, “सबै जी७ विदेशमन्त्रीहरू युद्धविरामको अमेरिकी प्रस्तावसँग सहमत छन् जुन युक्रेनीहरूले समर्थन गरेका छन् र हामी अब अध्ययन गरिरहेका छौँ र रूसी प्रतिक्रियालाई हेरिरहेका छौँ, अन्ततः युक्रेनको मामिलामा अब बल रुसको कोर्टमा छ ।”

बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका संलग्न धनी प्रजातन्त्रहरूको क्लब कार्यालयमा फर्किएपछि ट्रम्पको रुसप्रति पहुँच र युक्रेनमाथि उहाँको भारी दबाबले विचलित भएको छ । युक्रेनमाथि मस्कोले सन् २०२२ मा आक्रमण गरेको थियो।

तर क्युबेक वार्तामा भाग लिइरहनु भएका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मङ्गलबार साउदी अरबमा युक्रेनी अधिकारीहरूलाई भेट्नु भएपछि र किएभले ३० दिनको बिना शर्त युद्धविरामको प्रस्तावलाई समर्थन गरेपछि कूटनीति नाटकीयरूपमा मङ्गलबार परिवर्तन भयो । रासस, एएफपी