चिनियाँ भाषा प्रशिक्षण प्रारम्भ, मेहनत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव
देशका पर्यटन व्यवसायीका लागि सञ्चालित छैठौँ चरणको चिनियाँ भाषा प्रशिक्षण आजदेखि यहाँ सुरु भएको छ ।
बजेटमा शिक्षा क्षेत्र प्राथमिकता नपरेको शिक्षक सङ्गठनको गुनासो
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरेको छ ।
गर्मी बढेपछि सिन्धुपाल्चोकका विद्यालय बिदा
अत्यधिक गर्मी बढ्न थालेपछि सिन्धुपाल्चोकका विद्यालयहरूमा बिदा दिन थालिएको छ । सदरमुकाम चौतारास्थित श्री कृष्ण रत्न गङ्गा माध्यमिक विद्यालयले सोमबारदेखि जेठ ३२ गतेसम्मका लागि बिदा दिएको छ ।
सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनुपर्छ : सांसद पौडेल
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद एवम् पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
खेलकुदमा बालबालिकाको सक्रियता कम
हिन्दीमा पुरानो भनाइ छ– पढोगे लिखोगे बनोगे नवाब, खेलोगे कुदोगे बनोगे खराब । अर्थात् पढ्यौ लेख्यौ भने राजा बन्छौँ, खेल्यौ कुद्यौ भने खराब बन्छौ । यो भनाइ अब गलत साबित भइसकेको छ । विभिन्न अध्ययनले बालबालिकाका लागि दैनिक खेलकुद अनिवार्य रहेको देखाएको छ ।
एघार विद्यालयका २३६ सटरमा ताला
काठमाडौँ महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयको भवन वा जग्गा व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउन नदिने भएको छ । सटर तथा टहरा भाडामा लगाएका विद्यालयलाई भाडा सम्झौता रद्द गर्न वा अन्य कुनै तरिकाबाट व्यवसाय हटाउन महानगरपालिकाले पटक पटक अनुरोध गरेको थियो। आफ्नो निर्देशनलाई अटेरी गरेपछि महानगरपालिका आफैँले विद्यालयको सटर तथा टहरामा ताला लगाउन थालेको छ ।
एसइईको नतिजा असार दोस्रो साताभित्र
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
७ दिनभित्र भाडाका सटर खालि गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम
काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू सात दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
विद्यालयभित्र फलफूल बगैँचा
झट्ट हेर्दा फलफूलको बगैँचा जस्तै लाग्छ । दुई दर्जन बढी फलफूलका बिरुवा विद्यालयको प्राङ्गणमा देखिन्छ । बगैँचाभित्र अहिले २० बोटमा लटरम्मै आँप फलेको छ । यहाँ पुग्ने जो कोहीलाई टक्क रोकिन्न मन लाग्छ र फलेका आँप हेरिरहूँ जस्तै हुन्छ ।
शिक्षालाई सीपसँग जोड्न शैक्षिक मेला
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले शैक्षिक मेलाको उद्देश्य शिक्षालाई सीपसँग जोड्नु रहेको बताउनुभयो।
‘कानुन सङ्कायको पाठ्यक्रम परिमार्जन गनुपर्ने’
कानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिइएको छ ।
विद्यालयमा 'पुलिस शिक्षक'को व्यवस्था
सिन्धुली जिल्लामा अपराधिक घट्ना न्यूनीकरणका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा ‘पुलिस शिक्षक’ को व्यवस्था गर्न सुरु गरिएको छ।
वर्षौँदेखि विद्यालय नै नगई तलब भत्ता बुझ्ने शिक्षक
शिक्षकहरू विद्यालय जाँदैनन् गए पनि विद्यार्थीलाई पढाउँदैनन् यो नेपालको शिक्षा क्षेत्रको विकृति हो । अधिकांश शिक्षकहरू राजनीति गर्छन् अनि ठुला नेताकै आर्सीवाद लिँदै शैक्षिक क्षेत्र डामाडोल बनाउँदै आएका छन् ।
अङ्ग्रेजी अनुवादका पुस्तक बढी बिक्री
जिल्लाका विद्यालयमा यस शैक्षिकसत्रमा अङ्ग्रेजी अनुवादका पुस्तक बढी खपत भएका छन् । जनकशिक्षा सामग्री केन्द्रबाट प्रकाशित विशेष गरी गणित, विज्ञान र स्वास्थ्यका नेपाली भाषाका किताबभन्दा अङ्ग्रेजीमा अनुवाद गरिएका किताब बढी खपत भएका हुन् ।
पढाइसँग दुना टपरीदेखि टनेल बनाउनेसम्म
पहिले–पहिले शुक्रबार आधा समय पढाइ हुने भनेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुने गर्दथ्यो । विद्यार्थी कम हुने मात्र हैन विद्यालयमा आएका विद्यार्थी पनि पढाइ सकिने बित्तिकै घरतिर दौडने प्रवृत्ति रहेको थियो ।
जीर्ण भवनमा पढ्न बाध्य छन् विद्यार्थी
पानी पर्दा कक्षाकोठा भित्रै पानी छिर्ने जीर्ण विद्यालय भवनमा विद्यार्थी पढ्न बाध्य हुँदै आएका छन् । सदरमुकाम रहेको बेँसीसहर नगरपालिका-१ सानो धिमिरेस्थित बालविकास प्राथमिक विद्यालयका विद्यार्थी जीर्ण भवन र पानी पर्दा कक्षाकोठा भित्रै पस्ने विद्यालय भवनमा केही वर्षदेखि पढ्न बाध्य हुँदै आएका हुन् ।
शैक्षिक गुणस्तर सुधार्न घोषणापत्र जारी
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न शैक्षिक घोषणापत्र जारी गरेको छ। एकदिने शैक्षिक भेला आयोजना गर्दै गाउँपालिकाले शुक्रबार १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेको हो।
भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन-२०८१’ सुरु
काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयको आयोजनामा आजदेखि ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन-२०८१’ भक्तपुरमा सुरु भएको छ ।
नेपाल बैंक शैक्षिक छात्रवृत्ति स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
नेपाल प्रहरी र नेपाल बैंक लिमिटेडबिच ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
खुलामा प्रतिस्पर्धा, आरक्षणमा न्यून उत्तीर्ण
शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षकमा माग गरेकामध्ये ७५९ पद पूर्ति भएको छैन । प्राथमिक तहमा सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकामा सात हजार १२३ जनाको मात्र सिफारिस भएर पदपूर्ति भएको हो । आयोगले माग गरे अनुसार नियुक्तिका लागि सिफारिस गर्न नसकेका पद आरक्षित सिटका हुन्, जहाँ आवेदक र प्रतिस्पर्धी नै कम थिए । जब कि खुलातर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारबिच नियुक्तिका लागि चर्को प्रतिस्पर्धा देखिएको छ । आरक्षण कोटामा भने मागभन्दा निकै कम मात्रै उम्मेदवार उत्तीर्ण भएपछि आयोगले ती कोटालाई समेत खुलामा गाभेर पदपूर्ति गर्ने गरेको छ । जसका कारण खुलामा माग गरेभन्दा बढी शिक्षक नियुक्तिका लागि सिफारिसमा पर्ने गरेका छन् ।
भिरबाट लडेर शिक्षकको मृत्यु
रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका –१० पेउघा घर भई सोही स्थानमा रहेको बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा कार्यरत शिक्षक भद्र बहादुर खड्काको मृत्यु भएको हो ।
काठमाडौँका ४७३ निजी विद्यालयबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति (नामावलीसहित)
काठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ ।
चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी
उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी नछेक्ने टहरो । हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका ।
इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट
इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा कोशी प्रदेशकै सर्वोत्कृष्ट पालिकाका रूपमा छनौट भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ् नेपालले सूर्याेदयलाई शिक्षा क्षेत्रमा गरेको योगदानका आधारमा कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा छनौट गरेको हो।