• ८ साउन २०८१, मङ्गलबार

सुदूरपश्चिम विश्वविद्यालय र भारतको एक इन्स्टिच्युटबिच सहकार्यको सम्झौता

blog

सम्झौता पत्र आदानप्रदान गर्दै सुदूरपश्चिम विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रतिनिधि ।

काठमाडौँ, साउन ८ गते। सुदूरपश्चिम विश्वविद्यालय (एफडियु) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटिआर)बिच शैक्षिक र अनुसन्धानात्मक सहकार्यलाई सुदृढ गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

समझदारी पत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्कीका निर्देशक प्रा.डा.के.के.पन्तले हस्ताक्षर गर्नु भएको छ।

उक्त द्विपक्षीय समझदारीले विश्वविद्यालयमा सञ्चालित प्राविधिक विधाका विषयको अध्ययन अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुग्ने उपकुलपति प्रा.डा. हेमराज पन्तको ठहर छ। 

विश्वविद्यालयले निकट भविष्यमा इन्जिनियरिङ तर्फ स्नातक तहमा आर्किटेक्चर विषय र स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत स्नातक तहमा वि एसी नर्सिङ र बिपिएचका कक्षाका साथै स्नातकोत्तर तहमा आटिफिसियल इन्टीलिजियन्स तथा डेटा साइन्समा अध्यापन गर्ने पूर्व तयारी थालेको डा. पन्तले जानकारी गराउनुभयो।  

विश्वविद्यालयले मानविकी तथा समाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि गरी चार वटा सङ्काय अन्तर्गत साधारण विधातर्फ स्नातक, स्नातकोत्तर, तहका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।  

अनुसन्धान तहमा एमफिल र पिएडी सम्मका शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन्।