जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण
उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यार्थीको उपस्थिति बढाउन अभिभावकसँग फोन कार्यक्रम सहयोगी
जिल्लाका सामुदायीक विद्यालयले अभिभावकसँग फोन कार्यक्रम सञ्चालनमा ल्याएको छ । ती विद्यालयहरुले विद्यार्थीको उपस्थिति बढाउन अभिभावकसँग फोन कार्यक्रमलाई प्रभावकारी बनाएको हो ।
हिमाली बस्तीमा प्रभावकारी आवासीय विद्यालय
मुगुम कार्मारोङ गाउँपालिका ३ का लुन्दुक तामाङको परिवारलाई सन्तानलाई शिक्षादीक्षा दिनुपर्छ भन्ने थाहा नभएको होइन ।
एक जना प्राविधिक सहायकको भरमा तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण
नेपालगन्जको प्रमुख तरकारी मण्डी रानीतलाउमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ एक जना प्राविधिक सहायकको भरमा सञ्चालन भइरहेको छ ।
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ बजेट करिब शून्य दशमलव ३० प्रतिशतले घटेको छ ।अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेट आकारमा रु पाँच अर्ब बढे पनि कूल बजेटको प्रतिशतका आधारमा शिक्षा क्षेत्रतर्फको बजेट घटेको हो ।
गण्डकी गाउँपालिकाद्वारा कृषि ट्रक हस्तान्तरण
गोरखाको गण्डकी गाउँपालिकाले कृषि ट्रक भैरवी कृषि सहकारी संस्थालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले कृषकको सहजताका लागि कृषि ट्रक हस्तान्तरण गरेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सेना साकारले जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयतर्फ दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन गरेको छ । मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्नुहुँदै अर्थमन्त्री पुनले बजेट विनियोजन गर्नुभएको हो ।
छात्रवृत्तिका लागि ६० करोड रकम विनियोजन
विद्यालयमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि सरकारले ६० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड विनियोजन
सरकारले उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ ।
नेपालगन्ज र कोहलपुरका विद्यालय पाँच दिनका लागि बन्द
अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरभित्रका सबै विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन् ।
शिक्षक सरुवा अनलाइनबाटै
सामुदायिक विद्यालयका शिक्षकले सरुवाका लागि आफैँ विभिन्न ठाउँमा धाउनुपर्ने व्यवस्था अन्त्य गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार स्वीकृत गरेको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ मा यस्तो व्यवस्था गरिएको छ । नयाँ निर्देशिका बनाउन भन्दै मन्त्रालयले केही महिनादेखि शिक्षकको जिल्लान्तर सरुवा रोक्का गरेको थियो । अबदेखि यही निर्देशिकाबमोजिम शिक्षक सरुवा र व्यवस्थापन सुचारु हुने छ । मन्त्रालयले मङ्गलबार सबै स्थानीय तह, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ र सामुदायिक विद्यालयलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ ।
मर्यादा विपरीत काम गर्ने दुई शिक्षक पदमुक्त
पेसागत मर्यादाविपरीत काम गरेको भन्दै बाँकेको नरैनापुर गाउँपालिकाले दुई शिक्षकलाई पदमुक्त गरेको छ ।
‘बङ्गलादेशमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बङ्गलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनका लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरूले पढ्न पाउने अवस्था बनेको बताउनुभएको छ ।
पोखरामा पाँचदिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम
विश्वविद्यालय अनुदान आयोगको सहयोग एवम् विन्दुुवासिनी संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा पोखरामा पाँच दिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम सुरु भएको छ ।
अत्यधिक गर्मीले तीन दिन विद्यालय बन्द
कपिलवस्तु नगरपालिकाले अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कपिलवस्तु आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।
अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द
अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।
गर्मीका कारण विद्यालय पाँच दिन बन्द रहने
तातो हावा ‘लु’ चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् ।
गाईघाटमा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदयपुरको गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्ने बताउनु भएको छ । मेडिकल कलेज स्थापनाको माग सहित राजधानी पुगेको त्रियुगा नगरपालिकाको प्रतिनिधि मण्डलसँग शनिवार भेटघाटको क्रममा प्रधानमन्त्री दाहालले सिंहदरबारमा उक्त कुरा बताउनु भएको हो ।
गणतन्त्रपछिको शिक्षा : संरचना र गुणस्तरमा परिवर्तन
गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ । यस अवधिमा राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा थुप्रै नीतिगत परिवर्तन देखिएका छन् । त्यस्ता परिवर्तनबाट शिक्षा क्षेत्र पनि लाभान्वित भएको छ । गणतन्त्रको प्राप्तिसँगै प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा संरचनात्मक तथा गुणात्मक परिवर्तन थपिने क्रम जारी छ । हाल देखिएको परिवर्तनलाई संस्थागत गर्न सकिएमा आउने दिनमा शिक्षा क्षेत्रमा अझै विकासको अपेक्षा गर्न सकिने यस क्षेत्रका जानकारहरूको भनाइ छ । मुलुक गणतन्त्रमा प्रवेश गरेको करिब एक दशकपछि अर्थात् २०७५ सालमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन जारी भएको थियो । प्रत्येक नागरिकले राज्यबाट आधारभूत (कक्षा ८) सम्मको शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा पूर्ण निःशुल्क पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न उक्त ऐनले मद्दत पु¥याएको छ । तर अझै पनि थुप्रै बालबालिका विद्यालयबाहिर रहनु, अपाङ्गता भएका र
सामाजिक अनुसन्धान विषयक तालिम सम्पन्न
मदन भण्डारी मेमोरियल कलेजद्वारा सामाजिक अनुसन्धानु विषयमा आयोजित ३ दिने तालिम शनिवार सम्पन्न भएको छ । कलेज अन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीका लागि सो तालिम आयोजना गरिएको थियो ।
‘कर्णालीको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप गर्नुपर्छ’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकको दरबन्दी थप गर्नुपर्ने बताउनुभएको छ । उहाँले पुरानो दरबन्दीका शिक्षकले मात्र सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न नसकिने बताउनुभयो ।
त्रिवि प्राध्यापक सङ्घको निर्वाचन असारमा
त्रिवि प्राध्यापक सङ्घ केन्द्रीय समितिको निर्वाचन असार ७ र ८ गते काठमाडौँमा हुने भएको छ । शनिवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे समितिले गत मङ्सिर ९ गते निर्धारित गरिएको निर्वाचन कारणवश रोकिएपछि असारमा गर्ने जनाएको हो ।
सामुदायिक क्याम्पस गाभ्नुपर्छः मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभेर (मर्जर) गर्नुपर्ने बताउनुभएको छ ।
दिवा खाजा कोदोको दुनोट
म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । स्वास्थ्य, सरसफाइ, रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि विद्यालयका चमेनागृहमा स्थानीय खाद्यान्नको परिकार तयार पार्न थालिएको हो ।