इनरुवाका प्रत्येक विद्यालयमा बाल क्लब
सुनसरीको इनरुवा नगरपालिकाले सबै वडामा बाल क्लब गठन गर्ने अभियान जारी राखेको छ । इनरुवा नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको अगुवाइमा सबै वडामा बाल क्लब गठनको अभियान चलाएको हो ।
विद्यार्थीलाई संस्कार सिकाउन आवश्यक
बालबालिकालाई असल संस्कार सिकाउने उद्देश्यले देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय पाल्पामा आमाको मुख हेर्ने दिनमा आमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आमाको महत्व र संंस्कारलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य
त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो ।
चिकित्सा शिक्षामा छात्रवृत्ति, व्ययभार घटाउन उपाय खोजिँदै
सरकारी शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदा चर्को आर्थिक व्ययभार पर्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकल्पबारे छलफल सुरु गरेको छ । यसबाट सरकारी कोषमा परेको आर्थिक व्ययभारलाई न्यूनीकरणका विषयमा अध्ययन गरेर सरकारलाई सुझाव दिन कार्यदल गठन गर्ने निर्णय मन्त्रालयले गरेको छ । सरकारले अहिले चिकित्सा शिक्षा अन्तर्गत स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम
गुल्मीको इस्मा गाउँपालिका-२ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम गराएको छ । विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा तालिम गराएको हो ।
सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या
दाङको राप्ती गाउँपालिका-५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो । १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएको छैन ।
गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ ।
जापानको सहयोगमा विद्यालय भवन निर्माण
सहिद लखन गाउँपालिका–८ बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिनुभयो ।
खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो ।
कैलालीको सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा वृद्धि
अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढेको छ ।
काठमाडौं विश्वविद्यालयले सञ्चार-ढाँचाको विषयमा गोष्ठी गर्ने
काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ।
त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा.पोखरेल
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा.प्रवलराज पोखरेल नियुक्त हुनुभएको छ ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ
धनुषाको मिथिला नगरपालिका–९, बेंगाडाबरमा रहेको सार्वजनिक नमुना माध्यमिक विद्यालयले विद्यार्थी टिकाउन अंग्रेजी माध्यमबाट पढाउन थालेको छ ।
दुर्गमको विद्यालयमा बस सेवा
भारतीय दूतावासद्वारा गाउँपालिकालाई सहयोगस्वरुप उपलब्ध भएको उक्त बस गाउँपालिकाले विद्यालयलाई प्रदान गरेपछि विद्यालयले त्यसलाई सञ्चालनमा ल्याएको हो ।
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक
झापाको कमल गाउँपालिकामा एक माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि प्रशासनिक काम र विद्यार्थी भर्ना अभियान नै प्रभावित भएको पाइएको छ । कमल गाउँपालिकाकै ठुलो सामुदायिक विद्यालयहरू मध्येको एकमा पर्ने श्री वाणी माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि यसका असर विद्यालय भर्ना अभियानमा समेत परेको पाइएको हो ।
दिवा खाजा खाँदै विद्यार्थीहरु
दाङको राप्ती गाउँपालिका १ स्थित राप्ती गंगा प्राथमिक विद्यालयका विद्यार्थीलाई दिवा खाजामा मकै दिँदै विद्यालयकी कर्मचारी विष्णु पाण्डे ।
भरोसा थप्दै सामुदायिक विद्यालय
पछिल्ला वर्षमा सरकारी लगानीका सामुदायिक विद्यालयमा भने थामिनसक्नुको भिड देखिएको छ । उनीहरूले विद्यार्थी तान्न सञ्चार माध्यमबाट विज्ञापन गर्नु परेको छैन, भौतिक संरचना देखाएर लोभ्याउनु परेको पनि छैन । तैपनि यी विद्यालयहरूले भर्ना हुन चाहने जति सबै विद्यार्थीलाई पढाउन सकेका छैनन् । सीमित भौतिक संरचना र कर्मचारीको अभावमा चाहना भएर पनि आउने जति सबै विद्यार्थी पढाउन नसकिएको विद्यालयको भनाइ छ । सिकाइ उपलब्धि र नतिजा पनि राम्रो भएका कारण यस्ता विद्यालयमा विद्यार्थी आकर्षण बढिरहेको छ । सहरी क्षेत्रका सामुदायिक विद्यालयमा त विद्यार्थीको चाप ह्वात्तै बढेको
इनरुवा नगर शैक्षिक सुधार गर्न ध्यानाकर्षण
इनरुवा नगरपालिकाका ३० सामुदायिक विद्यालय र ४५ बढी नीति विद्यालयको शिक्षा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको साहुले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा पनि बढ्यो अभिभावकको चासो
भर्ना गरेपछि आफ्ना नानीबाबुको पढाइ तथा अन्य क्रियाकलाप बुझ्न एक दिन पनि उपस्थित नहुने सामुदायिक विद्यालयका अभिभावक अचेल विशेष चासोकासाथ विद्यालय पुग्ने गरेका छन् ।
प्राविधिक शिक्षा पहिलो प्राथमिकतामाः मुख्यमन्त्री जम्कट्टेल
प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको छ ।
शीर्षक के हो ?
रमा आफ्नो किताब झोलाभित्र मिलाएर राख्दै छिन् । भोलिदेखि विद्यालयमा पढाइ हुने भएकाले रमा ज्यादै खुसी देखिएकी हुन् । रमा दगुर्दै भान्साकोठामा आएर सोध्न थालिन् “आमा, बाबा खोइ त ? कहाँ जानु भयो ?” “किन के भयो र तिमीलाई ? बाबा त तिम्रो विद्यालयमा बैठक छ भनेर बिहानै जानु भएको छ नि ।” “आज रमा पढ्ने विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठक भएकाले र
अपरिहार्य स्काउट शिक्षा
आजभोलि स्कुल तथा मठमन्दिरमा हरियो ड्रेसमा बालबालिका देखिन्छन् । हरियो ड्रेसमा सजिएका बालबालिका लाइन मिलाउनेदेखि हातमा झाडु बोकेर सरसफाइ गरेको देखिन्छ । झट्ट हेर्दा कतिपयले यी बालबालिका को हुन् भन्ने थाहा नहुन सक्छ तर ती बालबालिका हुन् स्काउट विद्यार्थी । सबै विद्यार्थीमा यसो गरिएको पाइँदैन् । स्काउट भन्नेबित्तिकै कतिपयले मन्दिरको भिडभाडमा लाइन मिलाउने भनेर मात्र बुझ्छन् तर स्काउट त्यतिमै मात्र सीमित छैन । कोही समस्यामा छन् र असहज स्थि
कक्षा ८ को नतिजा निराशाजनक
कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गराइयो । उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा यो घटना पुष्टि भयो । प्रतिवेदन अनुसार नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तरपुस्तिका आफैँ परीक्षण गरेको, विद्यार्थीको प्राप्ताङ्कभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएकोलगायतका बदमासी फेला परेको थियो ।
‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा
‘आमसञ्चारको परिचय’ पुस्तक सार्वजनिक गरिएको छ । शन्तराम बिडारी र उपेन्द्र खड्काले लेख्नुभएको उक्त पुस्तक भूँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।