• १२ असार २०८१, बुधबार

विज्ञान प्रविधिमा लगानी अपुग

blog

विज्ञान पत्रकारिता तथा विज्ञान लेखन सम्बन्धी तालिममा सहभागी ।

काठमाडौँ, जेठ ३२ गते। विज्ञान तथा प्रविधिको क्षेत्रमा राज्यबाट गरिएको लगानी अपुग भएको यस क्षेत्रका जानकारले बताउनुभएको छ। 

विज्ञान पत्रकारिता तथा विज्ञान लेखन सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव विश्वबाबु पुडासैनीले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सकिएन भने राष्ट्रको विकास समेत हुन नसक्ने बताउनुभयो।

बिपी कोइराला मेमोरियल प्लानेटोरिएम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले आयोजना गरेको तालिमको उद्घाटन सत्रमा समितिका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले विज्ञान तथा प्रविधिको क्षेत्रमा भएका उपलब्धिलाई जनमानसमा पुर्‍याउन नसकेसम्म वैज्ञानिक चेतना भएका नागरिक बढ्न नसक्‍ने  बताउनुभयो। राष्ट्र विकासले मूर्त रुप पनि लिन नसक्ने भन्दै उहाँले यसका लागि वैज्ञानिक र पत्रकारको आपसी समन्वय हुनुपर्नेमा जोड दिनुभयो। 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. उदयराज खनालले विज्ञान र प्रविधिको क्षेत्रमा प्रयोगमा आउने नयाँ-नयाँ प्राविधिक शब्दावलीको सरल नामकरण गर्न तथा जनताले बुझ्ने भाषामा समाचार लेखन सम्बन्धी सिप विकासको लागि तालिम आवश्यक रहने बताउनुभयो। तालिम आइतबारसम्म सञ्चालन हुनेछ। तालिममा पत्रकारिता, विज्ञान तथा प्रविधि लगायतका क्षेत्रमा व्रिmयाशील विज्ञबाट प्रशिक्षण भइरहेको छ।