• ४ असार २०८१, मङ्गलबार

दुर्गम कालिका मावि बड्कीमा विज्ञान प्रयोगशाला

blog

हिमा गाउँपालिका जुम्लाको कालिका माविमा विज्ञान सामग्रीपछि प्रयोगशाला स्थापना भएको छ । तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, असार १ गते । 
जुम्ला–सिञ्जा क्षेत्रको हिमा गाउँपालिका–१ बड्की गाउँस्थित कालिका माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । गाउँपालिकाको समन्वय तथा साझेदार संस्थाहरूको सहयोगमा प्रयोगशाला स्थापना गरिएको प्रधानाध्यापक खम्बा शाहीले जानकारी दिनुभयो ।

गैरसरकारी संस्था प्लान नेपाल र पेस नेपालको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत करिब पाँच लाख रकम बराबरको विज्ञान प्रयोगशालाका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेका अनुसार गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीबाट विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको हो । विज्ञान प्रयोगशाला स्थापना पश्चात् बालबालिकाको शिक्षामा गुणस्तर सुधार होस भन्ने उद्देश्य राखिएको हो ।

गाउँपालिका महासङ्घका उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीका अनुसार विद्यार्थीको शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा विज्ञान प्रयोगशालाको सामग्री व्यवस्थापन गर्न सहयोग गरेकोमा साझेदार संस्थालाई धन्यवाद धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विज्ञान प्रयोगशाला सामग्रीले विद्यार्थीको शिक्षण सिकाइमा सुधार ल्याउने छ ।

प्रधानाध्यापक खम्बा शाहीले यस अघि विद्यालयमा भएका सामग्री र साझेदार बहिनी समेत जोडेर अब व्यवस्थित प्रयोगशाला सुरु गरिएको जानकारी दिनुभयो । प्रधानाध्यापक खम्बा शाहीले रु पाँच लाख बराबरको विज्ञान सामग्री उपलब्ध भएपछि प्रयोगशाला व्यवस्थित हुने भएको छ ।

पेस नेपालले प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पालिकाको समन्वयमा सञ्चालित सशक्त बालबालिका परियोजनाअन्तर्गत सोही विद्यालयमा १ र २ मोडेल कक्षाकोठा व्यवस्थापन गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितको टोलीले बुधबार कालिका माध्यमिक विद्यालयमा व्यवस्थापन गरिएको मोडेल कक्षाकोठाको पनि अनुगमन गरेको छ ।