‘विश्वविद्यालयहरुले अनुसन्धनात्मक शिक्षालाई प्राथमिकता दिनुपर्छ’
अनुसन्धानदाताले नेपालका विश्वविद्यालयहरुले अनुसन्धनात्मक शिक्षालार्ई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
जलजलाका २५ विद्यालयको तह समायोजन
म्याग्दीको सदरमुकाम बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी सङ्ख्या घटेपछि २५ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा रहेको एक सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरुगरेको छ ।
चार हजार ४६२ प्राथमिक तहको शिक्षक माग
प्राथमिक तह तृतीय श्रेणीका लागि शिक्षक सेवा आयोगले चार हजार ४६२ शिक्षकको माग गरेको छ । शनिवार गोरखापत्र दैनिकमा सूचना माग गर्दै आयोगले विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।
मेडिकल कलेज सञ्चालन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेडिकल कलेज सञ्चालन गर्ने तयारीलाई अगाडि बढाउन पूर्वाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।
विद्यालय सुधारका लागि प्रधानमन्त्रीलाई पत्र
विद्यालयमा शैक्षिक सुधार गरियोस् र गुणस्तरीय शिक्षा दिइयोस् भन्दै पर्साका सरकारी विद्यालयमा अध्ययनरत बालबालिकाले प्रधानमन्त्रीलाई पत्र (चिठी) लेखेका छन् ।
कक्षा १२ को परीक्षा दिँदै जनप्रतिनिधि
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनाल उमेरले ५० वर्ष पूरा हुनुभयो।यो उमेरमा जनताको सेवक बन्दै अधुरो शिक्षालाई पूरा गर्न लाग्नुभएको छ।
प्रधानमन्त्रीलाई डेढ सय बालबालिकाको चिठी
बैतडीको पाटन नगरपालिकाका १५० जना बालबालिकाले प्रधानमन्त्रीलाई ‘मैले चाहेको शिक्षा’ विषयमा चिठी लेखेका छन् । गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि लेखेको चिठी शुक्रवार जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ ।
बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री
पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताउनुभएको हो ।
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् ।
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
कक्षा १२ को परीक्षा दिँदै ५७ वर्षीय त्रिपाठी
पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटका ५७ वर्षीय टीकाराम त्रिपाठी कक्षा १२ को परीक्षामा सहभागी हुनुभएको छ ।
बाल सुधारगृहका ३५ जनासहित १० हजारभन्दा बढीले कक्षा १२ को परीक्षा दिँदै
राष्ट्रिय परीक्षा वोर्डले शुक्रबारबाट सञ्चालन गर्न लागेको कक्षा १२ को परीक्षामा बाँकेबाट बाल सुधारगृह र कारागारका बन्दीसहित १० हजारभन्दा बढी सहभागी हुँदैछन् ।
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै
कक्षा १२ को परीक्षा आज (शुक्रबार)देखि देशभर एकैसाथ सुरु हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।
१८० विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति
नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका ११९ विद्यालयका १८० विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालय समयभित्र अन्य कार्य नगर्न शिक्षकलाई महानगरको अनुरोध
काठमाडौं महानगरपालिकाले विद्यालय समयभित्र नियमित पठनपाठन प्रभावित हुने गरी अन्य कार्यमा सङ्लग्न नहुन अनुरोध गरेको छ ।
कक्षा १२ को परीक्षा तयारी पूरा, चार लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै
शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्।
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ ।
शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा
तनहुँको एक पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गरेको छ । शुक्लागण्डकी नगरपालिकाले चालु शैक्षिक सत्र २०८१ लाई सुधार वर्ष घोषणा गरेको हो ।
नेपाललाई चिकित्सा शिक्षाको केन्द्रका रूपमा विकास गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई चिकित्सा शिक्षाको केन्द्रका रूपमा विकास गर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो ।
त्रिविका कानुनी सल्लाहकारलाई कारबाही नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार नारायणप्रसाद खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बागमतीमा शिक्षक बैङ्क स्थापना गरिने
मकवानपुरको बागमती गाउँपालिकाले शिक्षक बैङ्क स्थापना गर्ने भएको छ । पालिकाले सूचना जारी गर्दै शिक्षक बैङ्क स्थापना गर्ने जनाएको हो ।
सामुदायिक विद्यालय सुधार गर्दै कृष्णपुरका अभिभावक
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय अभिभावक नै अग्रसर हुन थालेका छन् ।
निःशुल्क लोकसेवाको तयारी कक्षा
नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क लोकसेवा पूर्व तयारी कक्षा सञ्चालन गरेको छ ।