सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्छ
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एक पालिका एक स्मार्ट विद्यालय, विदेशी विद्यार्थीलाई भिसा सहजीकरण
सरकारले “एक पालिका एक स्मार्ट विद्यालय” अवधारणा कार्यान्वयनमा ल्याउने भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्सा शास्त्र सङ्कायको स्नातक तहको कक्षा सुरु गरिने
सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्सा शास्त्र सङ्कायको स्नातक तहको कक्षा सुरु गर्ने भएको छ ।
‘प्लस टु’का विद्यार्थीलाई एआइसम्बन्धी जानकारी दिँदै सनवे कलेज
मैतीदेवीस्थित सनवे कलेजले ‘प्लस टु’ कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स ‘एआइ’सम्बन्धी जानकारी दिने भएको छ । कलेजले ‘एआइ’सम्बन्धी जानकारी दिने लक्ष्यका साथ पाँच दिने कार्यशालाको आयोजना गरेको हो ।
अङ्ग्रेजी, विज्ञान र गणितका विद्यार्थी प्रशिक्षार्थी शिक्षक
सरकारले आगामी आर्थिक वर्षमा अङ्ग्रेजी, विज्ञान र गणित विषयको शिक्षक अभाव पूर्ति गर्नका लागि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षार्थी शिक्षकको रूपमा प्रयोग गर्ने भएको छ ।
शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने
सरकारले शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
शिक्षकलाई अब मासिक रूपमा तलब
सरकारले आगामी आर्थिक वर्षमा शिक्षकको तलब मासिक रूपमा प्रदान गर्ने भएको छ ।
नेपालमा शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई भिसा सहजीकरण गरिने
सरकारले नेपालमा शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई भिसा सहजीकरण गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
विद्यार्थी महोत्सवको तयारी पूरा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भोलिदेखि आयोजना गर्ने ‘विद्यार्थी महोत्सव’को तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा महोत्सवको सबै तयारी पूरा भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो ।
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : प्रमुख साह
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले ‘चित्रकला’ र ‘मूर्तिकला’बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताउनुभएको छ ।
नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उच्च शिक्षाका लागि स्वदेशकै विश्वविद्यालयमा विद्यार्थी टिकाउने वातावरण सिर्जना गर्न जोड दिइएको छ ।
विद्यार्थीलाई साइकल वितरण
झापाको झापा गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीलाई गाउँपालिकाले साइकल प्रदान गरेको छ ।
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गर्नुभएको छ ।
अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी
अज्ञात समूहले आइतबार भरतपुरमा एक स्कुल बसमा आगजनी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित दद्रेनी पुलमा स्मल हेभन स्कूलको बसमा आगजनी भएको हो ।
दलको सदस्यता त्याग्न शिक्षक र कर्मचारीलाई निर्देशन
यहाँ कपुरकोट गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक सूचना निकालेर सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको हो ।
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गरेको छ ।
शिक्षा क्षेत्रका समस्या समाधान गर्न सङ्घीय शिक्षा ऐन आउनुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ ।
‘योग अमूर्त सम्पदा हो, यसलाई परिष्कृत गर्दै लैजानुपर्छ’
योग अमूर्त सम्पदा भएको भन्दै यसलाई अझ परिष्कृत गर्दै लैजानुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभाग योगविज्ञान अधिस्नातक २०७९ विद्यार्थीद्वारा आयोजित गुरुवर्ग, संस्कृत केन्द्रीय विभाग तथा ललितपुर महानगरपालिकालाई धन्यवाद ज्ञापन कार्यक्रममा धारणा राख्दै वक्ताहरूले योगको आशय आफूसहित अरूलाई सुखी राख्ने भएको बताएका छन् ।
विद्यालय सार्ने विवाद,दिनप्रतिदिन विद्यार्थी घट्दै
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलाको मुङ्ग्रेमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन डेढ वर्षअघिको पहिरोका कारण चिरा चिरा परेको छ । कक्षाकोठा पहिरोले चर्किएपछि दुर्घटना हुन सक्ने जोखिमले कर्णाली प्रदेश सरकारले नयाँ भवन बनाउन बजेट पनि दियो तर विद्यालय सार्ने विषयमा विवाद हुँदा बजेट फिर्ता जाने सम्भावना बढ्नुका साथै विद्यार्थी पनि घट्दै गएका छन् ।
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो ।
खाली हात अवकास पाएका कार्यालय सहयोगीलाई विद्यार्थीले गरे आर्थिक सहयोग
अनिवार्य अवकाश पाएका विद्यालयका कार्यालय सहयोगीलाई भूतपूर्व विद्यार्थीले नगदसहित बिदाइ गरेका छन्। ४० वर्ष अस्थायीरुपमा काम गरेका कर्मचारीलाई भूतपूर्व विद्यार्थीले चार लाख ६८ हजार ७ सय ११ रुपैयाँ रकमसहित बिदाइ गरेका हुन्।
शैक्षिक गुणस्तर सुधार्न पर्वतका पालिका सक्रिय
पर्वतका सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको छ । विद्यार्थी दिनप्रतिदिन सामुदायिक विद्यालय छाडेर निजी विद्यालयतर्फ आकर्षित भएका छन् । यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ ।
स्वच्छ वातावरणमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह
स्कुले बालबालिकालाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न यस क्षेत्रका विज्ञले सरकारसँग माग गर्नुभएको छ।
राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।