• १५ असार २०८१, शनिबार

दुर्व्यसनी न्यूनीकरण गर्न पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गरेका छौँ : मन्त्री श्रेष्ठ

blog

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ ।

काठमाडौँ, असार १२ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार गर्न नहुने सचेतना फैल्याउने विषय पाठ्यक्रमहरूमा समावेश नभएको भन्दै मन्त्रालयले समाजसँग पाठ्यक्रम भनेर सो अभियान सुरु गरेको बताउनुभयो । उहाँले पाठ्यक्रममा विज्ञान र गणित मात्रै नभएर समाजको आवश्यकतालाई पनि समावेश गरी सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले डिग्नेफाइट अफ मेन्सुरेशन र मेन्टल हेल्थमा पनि काम गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । लागूऔषध दुरुपयोगमा फसेकाहरूको अभिमुखीकरण गर्ने थेरापिष्टहरुलाई लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा अहिले थेरापिष्ट (काउन्सिलरहरु) का लागि लाइसेन्सको प्रावधान नभएको बताउनुभयो ।

उहाँले लाइसेन्सका लागि नेपाल हेल्थ प्रोफेसनल काउन्सिलसँग मिलेर काम गरिरहेको पनि जिकिर गर्नुभयो । लागूऔषध दुर्व्यसनीमा फसेकाहरूलाई सहयोग चाहिने भए पनि अहिलेसम्म लाइसेन्सको व्यवस्था नभएको उहाँको भनाइ छ । उहाँले लाइसेन्सको व्यवस्था भए सहयोगी सेन्टरहरू धेरै हुनसक्ने बताउनुभयो ।

उहाँले लागूपदार्थ दुर्व्यसनीमा लाग्नबाट बालबालिका तथा युवाहरूलाई बचाउन सबैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।