कान्छी शिक्षिकाहरू भन्नुहुन्छ –विदेश होइन स्वदेशमै मेहनत गर्नुपर्छ
सुष्मिता रानाभाट र अञ्जना भण्डारीले तनहुँको कान्छी स्थायी शिक्षक भनेर अहिले सामाजिक सञ्जालदेखि समाजसम्म चर्चा कमाइरहनु भएको छ ।
त्रिविको रजिस्ट्रारमा प्रा.डा. रिजाल र रेक्टरमा प्रा.डा. केसी नियुक्त
त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. खड्क केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त हुनुभएको छ ।
वर्षान्त २०८० : विद्यालय शिक्षा विधेयकले तताएको वर्ष
संसदीय इतिहासमै सम्भवतः सबैभन्दा बढी संशोधन परेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ले यो वर्ष संसद्बाहिर पनि निकै चर्चा पायो । विधेयक संसदीय समितिमा छलफलमै रहेकाले यसको चर्चा र चासो नयाँ वर्षमा पनि कायमै रहने देखिएको छ ।
नक्कली प्रमाणपत्र पेश गर्ने सहयोगीविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै पर्सास्थित धोबिनी गाउँपालिकाअन्तर्गत पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
परीक्षामा उत्कृष्ट अनाथ विमल कामी
बाजुराको बुढीगङ्गा नगरपालिका –२ स्थित वसन्त प्राविका छात्र विमल कामी नगरकै पहिलो भएका छन् । शैक्षिक सत्र २०८० सालको कक्षा ५ को बुढीगङ्गा नगरपालिकाकाले गत चैतमा लिएको नगर स्तरीय परीक्षामा कामीले सबै भन्दा बढी अङ्क ल्याएर नगरकै पहिलो भएका हुन् ।
विद्यालयनजिक पाठ्यपुस्तक
यस वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदै छ । तर शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको छ । जिल्लाका स्थानीय बिक्रेताकहाँ पुगेको पुस्तक केही दिनमै विद्यालयमा पुग्ने छ । विद्यालय पुगेपछि विद्यार्थीले भर्ना भएकै दिन पुस्तक पाउने छन् । वैशाख १ देखि शैक्षिक सत्र सुरु भए पनि नियमित पढाइ भने वैशाख दोस्रो साताबाट मात्रै सुरु हुने छ । पाठ्यपुस्तक भने ७७ वटै जिल्लामा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ ।
चिनियाँ विश्वविद्यालयको संस्कृत मोह
विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार वाल्मीकि विद्यापीठ पुगेको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमका किताब
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई अध्ययनमा थप सहयोग पुर्याउने उद्देश्यले निःशुल्क किताब वितरणको तयारी थालिएको छ ।
उपकुलपति बिदामा बस्दा त्रिविको काम प्रभावित
त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजङ्ग बराल बिदामा बस्दा विश्व विद्यालयको सेवा प्रवाहमा समस्या आउन थालेको छ । स्वास्थ्यको कारण देखाउँदै बराल दुई साताअघिबाट बिदामा बस्दै आउनुभएको छ ।
शैक्षिक सुधारका लागि १० वर्षे शिक्षा नीति आवश्यक
सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले सुदूरपश्चिमको शैक्षिक क्षेत्रको सुधारको लागि १० वर्षे शिक्षा नीति आवश्यक भएको बताउनुभएको छ ।
‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’
मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।
चिट चोराउने प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराएको आरोपमा पक्राउ परेका एक स्कूलका प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा भएका छन् ।
छोराछोरी सामुदायिक विद्यालयमा पढाउन नगरपालिकाको निर्देशन
गोरखाको पहिलो नगरपालिका गोरखाले आफु मातहातका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ ।
कोहलपुर शिक्षा शाखामा तालाबन्दी
बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा शाखामा विद्यार्थी सङ्गठनले तालाबन्दी गरिएको छ।
त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबिच सम्झौता
त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबिच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
विश्वविद्यालय पदाधिकारी नियुक्तिमा क्रमभङ्गता
भनिन्छ, कुनै पनि देशलाई ध्वस्त पार्नु छ भने कुनै आणविक अस्त्र वा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्नु पर्दैन, बरु त्यस देशको शिक्षा क्षेत्रलाई गतिहीन र ध्वस्त बनाए पुग्छ ।
हराए सैँतिस हजार परीक्षार्थी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मङ्गलबार सकिँदै छ तर यस पटक एसइईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । यति धेरै परीक्षार्थी किन अनुपस्थित भए भन्ने विषयमा सरोकारवाला निकायसमेत अनभिज्ञ छ ।
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिनुभयो ।
शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकसँग छलफल गर्दै सामुदायिक विद्यालय
वार्षिक परीक्षा सकिएपछि सामुदायिक विद्यालयमा पठनपाठन बन्द छ । अन्तिम नतिजा प्रकाशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्, शिक्षकहरु परीक्षाफल तयार गर्दै छन् ।
शैक्षिक सत्र सुरु नहुँदै कोशी प्रदेशका विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक
कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता व्यहोरेका विद्यार्थीहरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन् ।
कक्षा ८ मा पाँचजना मात्र उत्तीर्ण
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ मा पाँचजना मात्र उत्तीर्ण भएका छन् । गाउँपालिकाभरका विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये पाँचजना मात्र उत्तीर्ण भएका हुन् ।
कर्णालीका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक
यो पटक कर्णाली प्रदेशमा शैक्षिक सत्र सुरु हुनु अगावै पर्याप्त पाठ्यपुस्तक आइपुगेको छ ।
जुम्लामा पुग्यो पाठ्यपुस्तक
हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।